प्रियंकाको ‘मिक्स’ नृत्य

236

काठमाडौं/ नायिका प्रियंका कार्कीले पुराना नायिकाहरूको शैली समेटेर उनको आगामी चलचित्र ‘हाउ फन्नी’का लागि एक गीतमा नृत्य गरेकी छिन् । नेपाली चलचित्रका चर्चित नायिकाहरूले आफ्ना चर्चित चलचित्रमा लगाएको पहिरनलाई समेटेर कार्कीले ‘शिरैमा शिरबन्दी’ बोलको गीतमा नृत्य गरेकी छिन् ।
उक्त गीतमा नायिका कार्कीलाई ३ चर्चित नायिकाको शैलीमा फिचरिङ गरिएको हो । रेखा थापाले नृत्य गरेको ‘तिम्रो मन त चक्कु छुरी र तिर्खा लागे निरमाया’, करिश्मा मानन्धरले नृत्य गरेको ‘उडी उडी जान्छ’ र दीपाश्रीले नृत्य गरेको ‘गोली शिशाको’ पहिरनकै आधारमा यो गीतको भिडियो तयार पारिएको छ । अहिले यो गीतले युटुबमा राम्रो दर्शक बटुलिरहेको छ । यस गीतमा बसन्त सापकोटाको संगीत र शब्द रहेको छ भने स्वर मेलिना राईको छ ।
रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको यो गीतमा नायिका कार्कीलाई पुराना हिट गीतमा देखिएका नायिकाहरूको शैलीमा उतारिएको हो । निलु डोमा शेर्पाले निर्देशन गरेको र माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको चलचित्र ‘हाउ फन्नी’ वैशाख १० गतेबाट प्रदर्शनमा आउादै छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, अनुपबिक्रम शाही, विजय बराल, शिशिर रानालगायत मुख्य भूमिकामा देखिादै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here