सग्लो कााग्रेसलाई लोकलाजबाट बचाउने पात्र बने शेखर कोइराला

201

चन्द्रप्रकाश वानियाा
महाधिवेशन नेपाली कााग्रेसको भए पनि गएको साताभर सिङ्गो मुुलुक नै निर्वाचनमय रह्यो । यो वा त्यो गुट विशेष वा व्यक्तिविशेषको जय पराजयसाग आम मानिसको लिनुदिनु केही नभए पनि मुलुकको ध्यान साताभर भृकुटीमण्डप र सानेपातिर केन्द्रित रह्यो । जसले हारे पनि जिते पनि आखिर जितहार कााग्रेसकै हुनु थियो । त्यो निर्वाचनबाट अरु कसैले जित्ने हार्ने कुरा थिएन । पाउनु गुमाउनु पनि केही थिएन । कहिलेकाहीा एउटै हलका गोरु पनि आपसमा भीडन्त गर्छन् । त्यसबाट गोरु मालिकले मनोरञ्जन लिन सक्तैन । बरु कतै कुनै अनिष्ट निम्तिने हो कि भन्ने चिन्ताले उसलाई सताउन थाल्छ । वास्तवमा कााग्रेसी भीडन्तले नेपाली जनताका लागि आफूले पालेका एकजोडी गोरुको जत्तिको महत्व पनि राख्दो रहेनछ । कााग्रेस निर्वाचनप्रतिको नेपाली जनताको आकर्षण केवल हारजितको मनोरञ्जनभन्दा बढ्ता केही रहेनछ । चुनाव सकियो, जिज्ञासा र आकर्षण पनि सकियो ।
निर्वाचन सकियो । हारजित पनि भयो । तर जितहार अरुको होइन, कााग्रेस र कााग्रेसीहरूकै भयो । विजयी भएर पनि ‘अबिर बहिष्कार’ गर्ने देउवा निर्णयको अभिप्रेरक त्यही तथ्य रहेको होला सायद ! निर्वाचन जुन पक्षले जिते पनि जनताका लागि बीस उन्नाईसको अन्तरको अनुभूति हुादैनथ्यो । नेतृत्वमा जो पुगे पनि पार्टी सञ्चालन पद्धति र मुुलुकका समस्या समाधानमा भिन्न दृष्टिकोण नरहने हो भने नवनिर्वाचित नेतृत्वले समाजमा नयाा तरङ्ग र उत्साह उत्पन्न गर्न सक्तैन । कााग्रेसलाई नीतिविनाको पार्टी भन्ने चलन छ । बृहत् कुम्भमेलाको आयोजना गरेर मुलुक सञ्चालनका सन्दर्भमा पार्टीले लिने भावी नीति कार्यक्रमको निर्माण गर्ने कुरा त परै रहोस् सामान्य बहस छलफल पनि गरिादैन भने त्यसले जनतामा आशा र उत्साह कसरी जगाउन सक्तछ र ? त्यसैले नेपाली कााग्रेसको महाधिवेशनको हैसियत ‘केटाकेटी आए, गुलेली खेलाए’ भनेजस्तो हुनु स्वाभाविक थियो, भयो त्यस्तै ।
उसो त नेपालका अन्य पार्टीहरू पनि कााग्रेसभन्दा कुन अर्थमा कति फरक छन् र ? आखिर संसदीय लोकतन्त्रको गुरु नेपाली कााग्रेस नै हो । यथा गुरु तथा चेला ! ‘जसको नीति उसैको नेतृत्व’ भन्ने परम्परा कम्युनिष्ट पार्टीहरूको हो भनिन्छ । तर त्यस्तो कम्युनिष्ट परम्परा नेपालको सन्दर्भमा पटक–पटक खण्डित हुादै आएको छ । पार्टी सगोलमा रहादैका केशरजङ्ग रायमाझी अथवा खण्डित मालेका झलनाथ खनालहरू नीतविनाका नेता बनेका उदाहरणहरू हुन् । छैटौं महाधिवेशनपछि एमालेमा पनि बहस हुन छाडेको छ । कााग्रेसका लागि बीपीको नाम जस्तै एमालेका लागि मदन भण्डारीको नाम जपे पुग्ने भएको छ । हेटौंडा महाधिवेशनबाट पारित भएको कार्यान्वयन गर्नै नपर्ने एमाओवादीको जस्तो कार्यनीतिको पो व्यवहारमा तात्विक महत्व के रहन्छ र ? त्यसैले नेपालको सन्दर्भमा नीतिविहीन महाधिवेशन गर्ने कााग्रेसी परम्पराको आलोचना गर्नुको कुनै अर्थ छ जस्तो लाग्दैन ।
महाधिवेशनबाट आवधिक नेतृत्व चयन गर्ने दायित्व कााग्रेसले सफलतापूर्वक पूरा गरेको छ । बेसरोकारका पर्यवेक्षकहरूका लागि कााग्रेस महाधिवेशन बेकारको तमासाजस्तो लागे पनि निर्वाचन जित्ने हार्ने दुवैथरिका लागि ‘महाभारत’ नै सावित भएको हुनुपर्छ । निर्वाचनलाई प्रभावित गर्ने अनेक तत्वहरू रहन्छन् । त्यसैले यसपटकको निर्वाचनमा जित्नुपर्नेले हार्ने र हार्नुपर्नेले जित्ने परिस्थिति पनि अवश्य बन्यो होला । मत हाल्ने अधिकारप्राप्त कााग्रेसीहरूको कुरा अलग हो, आम कााग्रेसहरूले भने गगन थापाले जित्नुपर्छ भन्ने मान्यता राख्थे होला ! तर चुनाव जिताउने हराउने तत्वहरूको तालमेल उनको पक्षमा जुटेन । जुटाउन असमर्थ भएकै हुनाले धेरैको अपेक्षाविपरीत थापाले चुनाव हारे । रङ्गमञ्चमा मुख्य अभिनयकर्ताको रूपमा देउवा र पौडेल देखिएका भए पनि निर्वाचन यथार्थमा कोइराला परिवार र विपक्षबीच भएको थियो । कााग्रेसवृत्तभित्र कोइराला परिवारप्रतिको आस्था, प्रेम र सहानुभूति कति रहेछ भन्ने कुरा चारमध्येका तीन कोइराला उत्तराधिकारीहरूको सहज विजयबाट स्पष्ट भएको छ । कोइराला परिवारमा पार्टीको नेतृत्व लिने हिम्मत नभएर मात्र हो, कुनै एक कोइरालो निर्वाचनमा खडा भइदिएका भए देउवाहरूको दाल गल्ने रहेनछ भन्ने कुरा यसपटकको निर्वाचन परिणामबाट प्रमाणित भएको छ । तेह्रौं महाधिवेशन जुनियर कोइरालाहरूका लागि टेष्टकेस सावित भएको छ भन्दा फरक पर्दैन । अर्को निर्वाचनको लागि राम्रो रिहर्सल भयो । सुशील कोइरालाको अवशानपछि कोइराला परिवारको हातबाट सदाका लागि कााग्रेसको नेतृत्व वंशबाहिर जाने भो भनेर चिन्तासुर्ता गर्नेहरू अब भने ढुक्क भए हुने भए । चौंधौ अधिवेशनबाट फेरि अर्को एकपटक नेपाली कााग्रेसले कोइरालापरिवारको वरद छहारी औपचारिक रूपमै प्राप्त गर्नेछ भन्नलाई हिच्किचाउनु नपर्ने भयो ।
कोइराला परिवारप्रति आस्थावान् समर्थक शुभेच्छुक सर्वसाधारण नेपालीहरूमा महामन्त्रीका उम्मेदवार कनिष्ठ कोइराला शशांकले निर्वाचन जित्न सक्तैनन् कि भन्ने चिन्ता व्याप्त थियो । शशांकको हार उनको व्यक्तिगत पराजय मात्रै नभएर बीपी कोइरालाको हार मानिनेछ भन्ने मान्यता बनेको थियो । आम समर्थक शुभेच्छुकहरूमा जस्तै समानभाव कााग्रेस प्रतिनिधिहरूमा रहेछ भन्ने कुरा मतपरिणामबाट पुष्टि भएको छ । शशांकको विजयबाट बीपीको साख जोगिएकोमा सबै खुसी छन् । जुनियर कार्यकर्ता भएकोले मात्र होइन, उनले महाधिवेशनको पूर्वसन्ध्यामा व्यक्त गरेको अप्रासंगिक राजनीतिक टिप्पणीका कारणले पनि शशांकको विजयमा शंका उत्पन्न गराइदिएको थियो । उनको टिप्पणी संविधानविपरीत थियो । संवैधानिक प्रावधानविरोधी थियो । अव्यावहारिक पनि थियो । आफ्नो मतको पक्षमा सदनलाई आकर्षित गर्ने वा आफ्नो मत स्थापित गर्नका लागि जनतालाई आन्दोलित गराउने क्षमता उनमा देखिएको थिएन ।

त्यसैले पनि उनको अभिव्यक्ति प्रत्युत्पादक ठहरिन्छ कि भन्ने चिन्ता उत्पन्न भएको थियो । तर उनको अपरिपक्व चेष्टालाई बीपीको उत्तराधिकारले पछार्‍यो । उनका सातै खुन माफ गरिए । विजयीश्री मिल्यो । शशांक त कााग्रेसका युवराज हुन् । उनले चुनाव हार्ने कुरा अनपेक्षित नै थियो । संविधानको अङ्ग बनिसकेको धर्मनिरपेक्षताको संगठित विरोध गर्ने र भ्रष्टाचारको अभियोगमा अदालतबाट प्रमाणित भई दण्डित समेत भइसकेका खुमबहादुर खड्का पनि यसपटको निर्वाचनमा विजयी भए । उनको अनाचारले कााग्रेस महाधिवेशनबाट अनुमोदन प्राप्त गर्‍यो । अत्यधिक मतद्वारा उनलाई अभूतपूर्व सम्मान दिइयो । अर्थात् कााग्रेस प्रतिनिधिहरूको ठूलो हिस्साले आफूलाई गलत व्यक्ति र व्यसनको पक्षमा उभ्याउन लाज मानेन । मतदात त गोप्य भयो होला । क–कसले खड्कालाई मत दिए भन्ने कुरा कसैले देखेन । सार्वजनिक भएन । तर परिणामले भने कााग्रेसको ठूलो हिस्सा भ्रष्टाचारको पक्षपाती रहेको प्रमाणित गरिदियो । बरु खड्कालाई थोरै मतले उछिनेर किन नहोस्, खड्कालाई कााग्रेसको पहिलो रोजाइको उम्मेदवार बन्नबाट रोकेर शेखर कोइरालाले विशिष्ट पुरुषार्थ प्रदर्शन गर्नभ्याए । अन्तर केवल चारै मतको मात्र भए पनि भ्रष्ट ठहरिएर अदालतबाट दण्डित भएको व्यक्तिलाई पुरस्कृत गरेको भनेर नेपाली कााग्रेसमाथि लाग्नसक्ने नैतिक पतनको लाजमर्दो आक्षेपबाट जोगाउने कारक शेखर बने । त्यस अर्थमा शशांकको भन्दा कैयौं गुणा बढी शेखरको विजय सांकेतिक महत्वको रह्यो भन्नु बढ्ता हुादैन । खड्कालाई पहिलो हुन नदिने शेखर र उनका मतदाता दुवैथरि त्यस अर्थमा धन्यवादका पात्र बनेका छ्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here