काठमाडौं/ अहिले चलचित्रकर्मीलाई चलचित्र निर्माण गर्नभन्दा पनि चलचित्रको रिलिज डेट पाउन र तोक्न हम्मेहम्मे पर्ने देखिएको छ । त्यसै कारणले होला अधिकांश: चलचित्रकर्मी अहिले आफ्नो चलचित्रको निर्माण नै नसकी रिलिज डेट घोषणा गर्न थालेका छन् ।
आगामी वर्षको दशैंसम्मका लागि भनेर अहिलेदेखि रिलिज डेट घोषणा गरिसकिएको छ । आउादो वर्षको भदौ महिना पनि नेपाली चलचित्रकर्मीको टार्गेटमा पर्न थालेको छ । जनैपूणिर्मादेखि तीजसम्म भदौमा नै परेकाले चर्चित ब्यानरले यो महिनामा चलचित्र रिलिज गर्ने भएका छन् । यो वर्ष दशैं, तिहारभन्दा भदौमा चलचित्र रिलिज गर्नका लागि प्रतिस्पर्धा देखिएको छ । निर्माता अर्जुन कुमारको निर्माणमा तयार भइरहेको चलचित्र ‘चपली हाइट २’ले पनि भदौको २ गतेलाई प्रदर्शन मिति तोकेको छ । निर्माता अर्जुन कुमारले भदौ २ गते जनैपूणिर्माको अवसर पारेर चलचित्र रिलिज गर्ने तय भएको जनाएका छन् । उक्त चलचित्रको निर्देशन भने दीपेन्द्र के खनालले गरिरहेका छन् । यो चलचित्रमा २ नायिका र १ नायक छन् । आयुष्मान देसराज राणा, मरिष्का पोखरेल र परमिता राणा यो चलचित्रका मुख्य कलाकार हुन् ।
पछिल्लो समय ठूला ब्यानर भनिएका चलचित्रहरू एकै मितिमा प्रदर्शन हुादा त्यसको नकारात्मक असर फिल्मी क्षेत्रलाई परिरहेको छ । तर पनि अत्यधिक चलचित्र निर्माणका कारण एउटै मितिमा अहिले तीन/चारवटा चलचित्रहरू प्रदर्शनमा आइरहेका छन् । यही चैत २६ गतेदेखि रेखा थापाको ‘रामप्यारी’ र विकास आचार्यकृत ‘नाई नभन्नु ल ४’ पनि प्रदर्शनमा आउादै छन् । यी चलचित्रबीच पनि ठूलै प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।