जहाा हुन्छ ‘बुलेट बाइक’ को पूजा

289

भारतको राजस्थानमा एउटा यस्तो ठाउा छ, जहााको एक मन्दिरमा भगवान्को साटो बुलेट बाइकको पूजा गरिन्छ । त्यो ठाउा राजस्थानस्थित पाली क्षेत्र हो । बुलेट बाइकको पूजा गर्नुको कारण भने उक्त पूजा गर्दा त्यस आसपास क्षेत्रमा कुनै दुर्घटना नहुने स्थानीय बासिन्दाले जनाएका छन् । उक्त पूजापश्चात् बाइकमा लड्डुको साटो रक्सी चढाइन्छ ।
राजस्थानको पाली क्षेत्रमा ओम सिंह राठौड नाम गरेका व्यक्ति बस्थे । एक दिन उनी बुलेटमा चढेर ससुराली जाादै थिए, त्यही बेला उनको बाइक एउटा रुखमा ठोक्किएर दुर्घटना हुन्छ । दुर्घटनामा उनको मृत्यु हुन्छ । पछि प्रहरी त्यहाा पुगेर उनको लासलाई पोस्टमार्टमका लागि पठाउाछन् र बुलेट बाइकलाई प्रहरी चौकी लान्छन् । तर, अर्को दिन चौकीबाट बाइक गायब हुन्छ । प्रहरीले खोजी गर्दा बाइक दुर्घटना भएको स्थानमा भेट्छन् । उनीहरूले बाइकलाई फेरि चौकीमा ल्याएर सांग्लोले बााधेर राख्छन् । तैपनि भोलिपल्ट बाइक गायब हुन्छ र त्यही पुरानै स्थानमा पुग्छ । स्थानीयले यो घटनालाई चमत्कार मान्दै बुलेटलाई घटना भएको स्थानमा राखेर त्यहाा मन्दिरको स्थापना गरे र मन्दिरको नाम बुलेट मन्दिर राखिदिए । त्यसपछि मानिसहरूले त्यहाा बुलेट बाइकको पूजा सुरु गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here