मोदीको नेपाल नीति असफल

169

काठमाडौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नीतिमा असफल बन्दै गएका छन् । मोदीले नेपालको संविधानबारे अन्तर्राष्ट्रिय जगत्मा अफवाह फैलाउन ईयु–इण्डियाको बेल्जियमको ब्रसेल्समा सम्पन्न सम्मेलनबाट जारी गरिएको विज्ञप्तिमा नेपालको संविधान अपूर्ण छ भन्ने बुादा पार्न सफल भएका थिए । यसबाट मोदीले नेपाल नीतिमा युरोपियन युनियनको एउटै धारणा बनाउन खोजे पनि नेपालस्थित ईयू राजदूतहरुले उक्त कुराको खण्डन गरेका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासागको भेटघाटमा ईयू राजदूतहरुले नेपालको संविधानप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । मन्त्री थापाले काठमाडौंस्थित यूरोपेली यूनियन (ईयू) का राजदूतहरुसाग भेटेर हालै ईयू र भारतले जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा चासो राखेका थिए । जवाफमा इयूका राजदूतहरुले नेपालको संविधानका विषयमा आफूहरुको पहिलेदेखि सकारात्मक धारणा नै रहेको जवाफ दिए । ईयूका दूत रिन्छेटेरिन्कको नेतृत्वमा बेलायत, जर्मनी, फ्रान्सलगायत युरोपेली देशका राजदूतहरुले परराष्ट्रमन्त्री थापालाई भेटेका थिए । ईयूका राजदूतहरुले नेपालको संविधान समावेशी भएको र विश्वमै उत्कृष्ट रहेको जनाएसागै भारतीय मोदीले नेपालको संविधानप्रति फैलाउन खोजेको अफवाहहरु स्वत: खण्डन भएको विश्लेषकहरुले जनाएका छन् । यससागै मोदीले नेपालप्रति लिएको नीति पनि क्रमश: असफल बन्दै गएको र सबैतिरबाट भारत हार्दै गएको पनि पुष्टि भएको विश्लेषकहरुको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here