सार्वभौमसत्ताविरुद्ध लाग्नेलाई कारबाही गर

171

नेपालमा नयाा संविधान जारी भएदेखि नै छिमेकी राष्ट्र भारतले नेपालको संविधानप्रति असन्तुष्टि प्रकट गर्दै आएको छ । भारतले नेपालको संविधानप्रति अनावश्यक चासो जनाउादै यस विषयमा अहिले अन्तर्राष्ट्रिय रूपमा नै मोर्चाबन्दी सुरु गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो बेलायत भ्रमणमा बेलायती प्रधानमन्त्रीसाग मिलेर जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधान अपूर्ण छ भन्ने विषय उठाएका थिए भने जापानी प्रधानमन्त्रीको भारत भ्रमणमा पनि नेपालको संविधानमा टीकाटिप्पणी गर्न प्रस्ताव राखेका थिए । तर जापानी प्रधानमन्त्रीले यो कुरा नेपालको आन्तरिक विषय भएको जनाएका थिए । पछिल्लो पटक ईयू–इण्डिया सम्मिलित बेल्जियमको ब्रसेल्समा आयोजित सम्मेलनद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा पनि नेपालको संविधान असमावेशी भएको बुादा उल्लेख पार्न भारतका प्रधानमन्त्री मोदी सफल भएका छन् । यसरी भारतले अन्य राष्ट्रलाई पनि प्रभावमा पारेर नेपालमा अनावश्यक हस्तक्षेप र चासो दिादै आएको छ । जुन कुरा हामी सार्वभौमसम्पन्न मुलुकका बासिन्दालाई अस्वीकार्य र असह्य पनि हो ।
नेपाल सधैं स्वतन्त्र मुलुक रहादै आएको छ भने भारत बृटिशको उपनिवेश भएको देश हो । त्यसकारण पनि भारतले बृटिशको दासकालीन मानसिकता त्याग्न सकेको छैन । भारतले जहिले पनि छिमेकी राष्ट्रमा अस्थिरता र गृहयुद्ध निम्त्याएर आफू सुरक्षित हुन चाहेको देखिन्छ । तर अर्काको देशलाई टुक्र्याउनेसम्मको योजना बनाउने भारतले आफ्नै देशका विभिन्न जातिहरूलाई अधिकार माग्दा सधैं दमन गरेको छ । चाहे त्यो हरियाणा, गुजरात वा गोर्खाल्याण्ड नै किन नहोस् । आफ्नै देशमा अधिकारको सट्टा निरंकुशता लाद्ने भारतले नेपालको मधेस छुट्टै देश बनाउन चलखेल गर्न मिल्छ ? अधिकार माग्ने पटेल, कन्हैयाहरूलाई गोली ठोक्ने, जेल हाल्ने जस्ता अमानवीय गतिविधि गर्ने भारतले कुन नाकले नेपालको संविधान असमावेशी छ, मधेसीलाई अधिकार दिएन भन्न सक्छ ? के भारतका कोही नेताले काश्मिर स्वतन्त्र हुनुपर्छ, दार्जिलिङ नेपाललाई फिर्ता गर्नुपर्छ, सिक्किम छुट्टै देश हुनुपर्छ भन्न सक्छन् ? पक्कै पनि सक्दैनन् । यदि भारत एउटा सभ्य र अरु राष्ट्रप्रति सम्माननीय व्यवहार गर्ने मुलुक हो भने उसले नेपालमा पनि ती कुरा गर्न मिल्दैन । भारतमा आफ्नो देशको बारेमा केही बोल्दा राज्यद्रोहको अभियोग लाग्छ भने नेपालमा पनि त्यो कुरा गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ । अहिले ईयु–इण्डिया सम्मेलनले जारी गरेको विज्ञप्तिलाई नेपालका मधेसी दलहरूले स्वागत गरेका छन्, के त्यो देशद्रोही गतिविधि होइन ? कााग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालको सार्वभौमिकताको पुनव्र्याख्या हुनुपर्ने जनाएका छन् । नेपाल जस्तो सधैं सार्वभौम र स्वतन्त्र मुलुकले किन गर्नुपर्ने पुनव्र्याख्या ?

 
आज नेपालमा खुल्लमखुल्ला भारतीय राजदूत नेपालको सार्वभौमिकतामा बहस गर्नुपर्छ भन्दै हिाडेका छन्, मधेसी दलहरूलाई परामर्श दिादै आन्दोलनको तानाबाना बुनिरहेका छन् । यसरी चारैतर्फबाट भारतले नेपालको सार्वभौमिकतामा प्रहार गरिरहेको छ भने नेपालमै रहेका कतिपय भारतभक्तहरू नेपालविरुद्ध नै आफ्ना अभिव्यक्ति र विज्ञप्ति सार्वजनिक गरिरहेका छन् । यस्ता गतिविधिले नेपालको सार्वभौमिकता, स्वाभिमान र स्वाधीनताप्रति नांगो रूपमा नै प्रहार भइरहेको छ । देश टुक्र्याउनुपर्छ भन्ने सीके राउत जस्ता व्यक्तिहरू राज्यलाई निर्धक्क चुनौती दिइरहेको छ । यसरी देशभित्रै रहेर देशको अस्मितामाथि प्रहार गर्ने जोसुकै किन नहोस्, तिनीहरू देशद्रोही हुन् । उनीहरूलाई सरकार तथा सम्पूर्ण देशभक्त जनता मिलेर कडाभन्दा कडा कारबाही जरुरी छ । नत्र देशले भविष्यमा अकल्पनीय दुर्घटना व्यहोर्नुपर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here