मापदण्ड भन्दाबढि आवाज निकाल्ने २९ ओटा मोटरसाईकल नियन्णत्रमा

48

काठमाडाैं । ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ ।

जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना गराएको छ । वातावरण विभागद्वारा परिक्षण गर्दा मापदण्ड भन्दाबढि आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो । १७ ओटा मोटरसाइकलको सम्बन्धमा सोही विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा २९ ओटा ठुलो आवाज निकाल्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।  ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले  त्यस्ता सवारी साधन नचलाउन हुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्बन्धित सबैलाई अनुरोध गर्नु भयो ।

 त्यस्तै आजै भएको स्कुल बस  चेकिङमा  १८ जना स्कुल बसका चालक पनि कारबाहीमा परेका छन्बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना चालक सहित १८ जनालाई  कारवाही गरिएको हो ।

ईपिएस  कलेज मिनभवनको बा २ ख २६ ३६ नम्बरको बसका चालक विकाश तामाङलाई मापसेको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको हो । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here