जनधारणा साप्ताहिकको २५औं वर्षगााठ मनाउन पाउादा…

250

राज्यलक्ष्मी शाक्य
नयाा वर्ष २०७३ सालको आगमनसागै जनधारणा राष्ट्रिय साप्ताहिक पनि प्रकाशनको २५औं वर्षमा प्रवेश गरेको छ । निरन्तर जनताको पक्षमा र देशको सार्वभौमिकता र स्वाधीनताका लागि आवाज बुलन्द गर्दै आएको यस पत्रिकासाग आबद्ध हुन पाउादा अत्यन्त खुशी लागेको छ । त्यस्तै यस पत्रिकामा आबद्ध भएको छोटो समयमा नै पत्रिकाको २५औं वर्षगााठ मनाउन पाउादा आफ्नो अहोभाग्य पनि सम्झेको छु । यस पत्रिकाको जिम्मेवार पदमा रहेर यसको गौरवशाली इतिहासलाई आउादा वर्षमा कायम राख्न र अझ सफलता प्राप्तिका लागि आफ्नो चुनौती तथा जिम्मेवारी पनि सम्झेको छु । जनधारणा साप्ताहिकको २५आौ वार्षिकोत्सवको अवसरमा काठमाडौंको बल्खुस्थित कुमारीक्लबमा एक कार्यक्रमको आयोजना गरी चियापान तथा नयाावर्षको शुभकामना आदानप्रदान भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की उपस्थित हुनुभएको थियो भने अतिथिहरूमा नेपाल पत्रकार महासंका अध्यक्ष डा.महेन्द्र विष्ट, मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, स्वाभिमान नेपाल म्यागेजिनका सल्लाहकार तथा नेपाल सुनचाादी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यलगायतका विशिष्ट व्यक्तिहरूले आफ्नो उपस्थितिद्वारा कार्यक्रमको शोभा बढाउनुभएको थियो ।
२५औा वार्षिकोत्सवलाई रजत जयन्तीका रूपमा पनि लिइन्छ अर्थात् हामी २५आौ वर्ष प्रवेश गर्दै गर्दा नेपालको सञ्चार क्षेत्रमा हाम्रो उपस्थिति पनि महत्वपूर्ण हुनुले हामीलाई गौरवान्वित बनाएको छ । २५ वर्षसम्मको निरन्तर प्रकाशन सामान्य कुरा होइन । तर यही कठिन मोडले नै आज हामीलाई खुसी तुल्याएको छ भने थप जिम्मेवार हुन प्रेरित पनि गरेको छ । जतिबेला यस पत्रिकाको प्रकाशन प्रारम्भ भएको थियो त्यतिबेला नेपालको पत्रकारितामा भर्खर व्यावसायिक पत्रकारिताको अभ्यास हुादै थियो । यस अवधिमा सञ्चार क्षेत्रमा थुप्रै परिवर्तन भए । हामीले पनि समयानुकूल आफूलाई परिवर्तन गर्दै पत्रकारिताको मूल मर्म र धर्मअनुसार नै आफ्नो कलम चलाउादै आएका छाौ । हामी कति लामो समय टिक्याौ ? हाम्रा सामग्रीहरू कति पठनीय थिए र छन् भन्ने कुरा आदरणीय पाठकवर्गले मूल्यांकन गर्ने विषय हो, तथापि जनधारणा साप्ताहिकले प्रकाशनको प्रारम्भदेखि नै विशेष गरी राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताका पक्षलाई जोड दिादै आएका छाौ । हाम्रो कलम विगतमा पनि मुलुक र जनताको हितमा थियो, आज पनि छ र भोलि पनि हुनेछ भन्ने हाम्रो प्रतिबद्धता छ ।
पत्रकारिता जनतालाई जागरुक गराउने र शासकलाई सचेत गराउने एउटा माध्यम हो । पत्रकार आफौले नीति निर्माण गर्न सक्दैन । तर यो पेशा नीति निर्माणकर्तालाई जनताप्रति बफादार बनाउन र जनताका मागहरूलाई नीति निर्माण तहसम्म पुर्‍याउन सहयोग गर्ने माध्यम भने अवश्य हो । हामीले पनि यस सञ्चारमाध्यमबाट त्यही प्रयत्न गरिरहेका छाौ, जसले राजनीतिक नेतृत्वलाई जनताप्रति उत्तरदायी बन्न र मुलुकप्रति जिम्मेवार बन्न सहयोग पुर्‍याओस् । जनधारणा साप्ताहिकको यस्तो अभियानलाई थप प्रभावकारी बनाउन जनधारणा साप्ताहिकको सहयोगी प्रकाशनको रूपमा हामीले ‘स्वाभिमान नेपाल राष्ट्रिय मासिक’ को प्रकाशन पनि गत वर्षदेखि प्रारम्भ गरेका छाौ । स्वाभिमान नेपाल राष्ट्रिय मासिकको प्रकाशनबाट पनि हाम्रो उद्देश्य र लक्ष्यमा सफलीभूत हुन हामीलाई अझ सहयोग मिल्ने अपेक्षा पनि गरेका छौा । जनधारणा साप्ताहिकको २५औा वर्षगााठ मनाइरहादा यस पत्रिकाको स्थापनादेखि आजसम्मको यात्रामा सहयोग गर्ने शुभचिन्तकहरू, विज्ञापनदाता तथा पाठकवर्गलगायत सम्बन्धित सबैलाई पनि धन्यवाद दिन चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here