‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर सार्वजनिक

309

काठमाडौं/ नेपाली चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रले पश्चिमा देशदेखि भारतमा समेत बुद्धको जन्मभूमिको विषयमा भ्रम छर्ने काम भइरहेको समयमा त्यस्ता भ्रम चिर्ने तथा बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने जानकारी दिन खोजेको छ ।

 
यस चलचित्रमा नायक रमित ढुंगानाको साथमा अशिष्मा नकर्मी, निर शाह चलचित्रका मुख्य कलाकार रूपमा रहेका छन् । सार्वजनिक भएको ट्रेलरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत देखाइएको छ, उनले बुद्ध भारतमा जन्मेको कुरा गरिरहेका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो । जेठ ७ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलरमा विश्वभर नेपालमा जन्मिएका बुद्धको जन्मभूमिको विषयमा भ्रम छरेको थाहा पाएपछि त्यसविरुद्ध लडेको एक युवकको कथालाई देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here