‘मिस नेपाल कल्चर’को उपाधि उरुषालाई

265

‘मिस नेपाल कल्चर’ दोस्रो संस्करणको उपाधि सामाखुशीकी २४ वर्षिया उरुषा जोशीले जितेकी छिन् । सोमबार राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपाधिसहित चाादीको ताज, फोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा जितेकी छिन् ।
सांस्कृतिक संस्थानको सांस्कृतिक सद्भावदूतको उपाधि समेत जोशीले हासिल गरेकी छिन् । परिसी कारञ्जितले फस्ट रनर अपको उपाधि जित्नुको साथै विभिन्न उपहार हासिल गरिन् भने विराटनगरकी २० वर्षीया बाला नेपालीले सेकेन्ड रनरअपसहित भीवर्स च्वाइस र मेनेजमेन्ट च्वाईसको उपाधि जितेकी छिन् । प्रतियोगितामा २८ प्रतियोगी सहभागी थिए ।
प्रतियोगिताको मूल्यांकनकर्ताको रूपमा पूर्व मिस नेपाल उषा खड्गी, चलचित्र निर्देशक दिनेश डिसी, अभिनेता गजित बिष्ट, चलचित्र द्वन्द निर्देशक चन्द्र पन्त, अग्रज कलाकार प्रभाकरदेव शर्मा, अन्तराष्ट्रिय इभेन्ट अग्रनाइजर नासिर हुसेन, मिस प्लस टु नेपाल २०१५ तथा अभिनेत्री आाचल शर्मा र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा थिए ।
युहान इन्टरनेशनल इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थानको सहआयोजना र बिलक्षण क्रियसनको व्यवस्थापन सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here