सगरमाथा म्युजिक अवार्ड सम्पन्न

5

काठमाडौं ।सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्डमा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिलायन्स फाईनान्सका डेपुटी सिईओ रामहरी आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठ, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए ।

त्यसैगरी धुर्व लम्साललाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८,८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा रेडियो पत्रकारिता सम्मान शिरोमण दवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा सगरमाथा संगीत सम्मान गीतकार खेमनाथ दाहाल, सगरमाथा समाजसेवा सम्मान रामराजा थापा, सगरमाथा सम्मान राजेन्द्र लुईटेल अध्यक्ष कार्यक्रम व्यवस्थापक संघ, सगरमाथा संगीत सम्मान गीतकार लोकराज अधिकारी, सगरमाथा कला सम्मान अश्विनी झा, सगरमाथा कला सम्मान राजन बुढाथोकी र सगरमाथा सम्मान राजेन्द्र थापा मगरलाई सम्मान गरिएको थियो ।

अवार्डको निर्णायक समितिको संयोजकमा कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ र सदस्यहरुमा साहित्यकार मालिका केशरी (प्रकाश श्रेष्ठ), कलाकार सनम कठायत, चलचित्रकर्मी देवेन्द्र बजगाई, लोक गायक कुलेन्द्र विक, गायक हेमन्त कान्छा रसाईली र गीतकार सामना शाह रहेका थिए ।
कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, रिलायन्स फाइनान्स, एराउण्ड द हिमालयस् प्रालि, नेपा टप, ग्लोबल ट्राभल्स सर्भिस प्रालि, वरेन्ज बल प्रालिले प्रायोजन गरेको थियो । भोटिङ पार्टनरमा खल्ती रहेको थियो ।

कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here