काठमाडौं । गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा लालिगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो ।
चित्लाङका शिशिर लेखी मस्ट भ्यालुएबल प्लेयर घोषित भए । नव जनजागृतिले फेयर प्लेयर अवार्ड पायो ।


















