गायिका अरुणा लामाको सम्झनामा कार्यक्रम

83

काठमाडौं/ स्व. गायिका अरुणा लामाको सम्झनामा हङकङमा विविध साास्कृतिक कार्यक्रम, चित्रकला प्रदर्शनी, गायिका अरुणा लामाबारे वृत्तचित्रको लोकार्पण र टााकी पुस्तक विमोचना गर्दै नेपाली विद्यार्थी सााझ सम्पन्न भएको छ ।
कार्यक्रमका संयोजक एकराज राईले नेपाली विद्यार्थीहरूको व्यक्तित्व र प्रतिभा विकाशका लागि र नेपाली भाषा, कला, साहित्य र संस्कृतिकप्रति आकर्षण बढाउन गत पााच वर्षदेखि नेपाली विद्यार्थी सााझ आयोजना गदै आएको जनाए ।

 

हङकङमा विभिन्न विद्यालयहरूमा नेपाली पाठ्यपुस्तक समाविष्ट हुनुपर्छ भन्दै अभियान छेड्दै आएका राईले नेपाली विद्यार्थीहरूलाई सहभागी गराउंदै थुप्रै सृजनात्मक कामहरू गर्दै आइरहेका छन् । वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बाले कार्यक्रममा बोल्दै गायिका अरुणा लामाबारे छोटकरीमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाली विद्यार्थीसहित चिनियाा र अल्पसंख्यक जातिका विद्यार्थीहरूले पनि नृत्य, गीतसंगीतलगायत आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here