सुनको कपडा लगाएर कीर्तिमान

386

भारतका एक धनाढ्य व्यापारी तथा नेताले सुनै सुनको कपडा लगाएर विश्व कीर्तिमान कायम गरेका छन् । भारतको महाराष्ट्रस्थित नासिक जिल्ला निवासी व्यवसायी तथा नेता पंकज पारखको नाम अन्तत: गिनिज बुकमा दर्ज भएको छ ।
उनी गोल्डेन म्यानको नामले पनि चर्चित छन् । गत मंगलबार पारखको नाममा कीर्तिमानी प्रमाणपत्र जारी भएको हो । ४७ वर्षका पारखले दुनियााको सबैभन्दा महंगो सुनको सर्ट पहिरिएका छन् । यो सर्टको मूल्य १ करोड ३० लाख भारु अर्थात् २ करोड नेपाली रूपैयााभन्दा बढी पर्दछ । गार्मेन्ट उद्योगी तथा स्थानीय नेता पारख नासिक जिल्लास्थित येयोला सहरका उपमेयर पनि हुन् । उनले गिनिज बुकमा नाम लेखाएको सुनको सर्टको तौल ४.१० किलोग्राम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here