कनक दीक्षितबारे साझा मौन बस्ने

138

काठमाडौं/ साझा यातायातको अध्यक्षको हैसियतले सार्वजनिक पदको दुरूपयोग गरेको आरोपमा अख्तियारको अनुसन्धानमा परेका कनकमणि दीक्षितका बारेमा साझा यातायातले मुख खोल्न अस्वीकार गरेको छ । अख्तियारले दीक्षितलाई अनुसन्धानका क्रममा बयान लिन पटक–पटक अनुरोध गर्दा समेत दीक्षितले अख्तियारको आग्रहलाई लत्याएपछि उनी पक्राउ परेका थिए । आफ्ना अध्यक्षलाई पदको दुरूपयोग गरेको आरोपमा अख्तियारले पक्राउ गर्नेदेखि उनको विषय सर्वाेच्चसम्म पुग्दा समेत कुनै धारणा सार्वजनिक नगरेको साझा यातायातसाग जनधारणाले दीक्षितको अनुसन्धान र पक्राउका बारेमा धारणा मागेको थियो । साझा यातायात सहकारी संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेसाग दीक्षितको अनुसन्धान र पछिल्ला दिनमा भएका घटनाका बारेमा साझाको आधिकारिक धारणा के हो भनेर जानकारी माग्दा उनले अहिले बोल्ने समय नभएको भन्दै समय आएपछि जानकारी दिने जवाफ दिए ।

 
यता सार्वजनिक सम्पत्ति दुरूपयोग गरेको आरोपमा अख्तियारद्वारा पक्राउ परेका दीक्षितलाई सर्वाेच्चले छाड्ने आदेश दिएपछि उनको अनुसन्धानका लागि अख्तियार समस्यामा परेको छ । अख्तियारले बयानका लागि बोलाउादा नजाने र बयानमा नगएका कारण अख्तियारले पक्राउ गर्दा अदालतले छाड्ने आदेश दिएपछि दीक्षित प्रकरणमा अख्तियार समस्यामा परेको हो । उनलाई कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अख्तियार गम्भीर भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार दीक्षितले शक्तिको आडमा आफूमाथिको कारबाहीलाई कमजोर बनाउने र अनुसन्धानलाई प्रभावित पार्ने काममा लागेको भन्दै अख्तियारले उनीमाथिको कारबाहीलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा विचार गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here