आफ्नै अधिकारीलाई सशस्त्रको कारबाही

157

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका बहालवाला तथा पूर्व उच्चपदस्थ अधिकारीलाई भ्रष्टाचार गरेको आरोपमा छानबिनको दायरामा तानेपछि सशस्त्र प्रहरी बलले अनियमितता गर्ने आफ्नै अधिकारीलाई कारबाही थालेको छ । सशस्त्र प्रहरी बलले पछिल्लो चार महिनाको अवधिमा एक सय कर्मचारीलाई बर्खास्त गरेको छ । अनुशासनविपरीत कार्य गरेको र पदीय दुरूपयोग गरेको अभियोगमा सय जनालाई सेवाबाट हटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । त्यस्तै, दुई सय ६१ जनालाई विभागीय कारबाही गरिएको, जसमा एसपीदेखि जवानसम्म रहेको पनि जनाइएको छ । सिनियर पदका प्रहरी अधिकारी १२ जना र जुनियर १७ जनालाई विभागीय कारबाही गरिएको जनाइएको छ । दुई सय ३२ जना प्रहरी जवानले पनि पछिल्लो चार महिनाको अवधिमा नसियत पाएका छन् । सशस्त्र प्रहरी बलले संगठनका अधिकांश आईजीपी भ्रष्टाचारमा मुद्दामा दोषी देखिएपछि संगठनभित्र हुने गरेको भ्रष्टाचार शून्यमा झार्ने नीति अवलम्बन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here