राजधानीमा पानीको हाहाकार

202

काठमाडौं/ राजधानी काठमाडौंमा पानीको हाहाकार मच्चिएको छ । लामो समयसम्म पानी नपर्दा स्थानीय स्रोतहरू मुहान, इनार, धारा, कुवा र ढुङ्गेधाराजस्ता पानीका स्रोत सुक्न थालेपछि राजधानीवासी पानीको अभाव झेल्न बाध्य भएका हुन् ।
मागअनुसार पानीको आपूर्ति हुन नसक्दा दैनिक जीवन नै कष्टकर भएको स्थानीयहरूले जनाएका छन् । राजधानी खानेपानी उपलब्ध गराउने जिम्मेवारी लिएको काठमाडौा उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सुख्खा मौसममा उपत्यकावासीको मागको २० प्रतिशतमात्रै पानी आपूर्ति गर्ने गरेको छ । यसैबीच सरकारले खानेपानी ट्यांकर व्यवसायको अनुगमन गर्न गठित समितिले अनुगमन सुरु गरेको छ । अभावको समयमा ट्यांकर व्यवसायीले मनपरी रूपमा शुल्क लिन थालेको गुनासो बढेपछि अनुगमन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here