ओलम्पिक खेलकुद नेपाल र म्यानमार टक्कर हुँदै

216

काठमाडौं / ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग खेलिरहेको छ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार अहिले बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा भइरहेको छ ।

यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १ १ गोलको बराबरी खेलेको थियो । आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ । जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन् । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम

गोलकिपर ः एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर ः हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर ः अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड ः निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here