आत्मनिर्भरउन्मुख नीति तथा कार्यक्रमको घोषणा

144

काठमाडौं/ केपी ओली नेतृत्वको बाम गठबन्धन सरकारले मुलुकको समग्र विकाससागै मुलुकलाई आत्मनिर्भर बनाउने योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभन्दा पहिले नै ओली नेतृत्वको सरकार परिवर्तनको असफल प्रयास भए पनि अन्तत: यही सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सफल बनेको छ ।

 
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते व्यवस्थापिका संसद्लाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७३/०७४ का लागि सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपति भण्डारीले मुलुकको समग्र विकास गर्दै आत्मनिर्भर नेपाल बनाउने महत्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन् । सरकारले सार्वजनिक गरेका महत्वपूर्ण कार्यक्रम अन्तर्गत २०८२ भित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, जैविक ऊर्जा विकास गरिने, एकीकृत जलस्रोत विकास गर्न बहुउद्देश्यीय जलासय आयोजनालाई जोड दिइने, सबै नदीमा विद्युत् उत्पादन अध्ययन गरिने, २२ जिल्लामा समृद्ध तराई–मधेस सिाचाइ योजना सञ्चालन गरिनेलगायतका विषयहरू उल्लेख गरिएको छ । त्यस्तै, दुई वर्षभित्र सबै जनतालाई आधारभूत खानेपानी र सरसफाइ सेवा पुर्‍याइने, काठमाडौं उपत्यकामा खानेपानी उपलब्ध गराउन मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गर्न जोड दिनेलगायतका विषयहरू उल्लेख गरिएको छ । भूकम्प प्रभावित जिल्लामा जनताको खानेपानी आयोजना सञ्चालन, जलवायु स्मार्ट गाउा विकसित गर्ने, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कााकडभिट्टा–बुटवल खण्डलाई चार लेनको बनाइने, काठमाडौं उपत्यकाको सडक विस्तारलाई निरन्तरता दिइने, काठमाडौं–निजगढ सडकखण्ड स्वदेशी लगानीमा सम्पन्न गरिने, सबै गाउाविकास समितिलाई दुई वर्षभित्र सडक सञ्जालमा जोडिने विषय पनि सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रममा एक सहर एक पहिचान, केही सहर स्मार्ट सिटीका रूपमा विकसित गर्ने, काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न दीर्घकालीन रूपमा ल्यान्डफिलको व्यवस्था, २०७३ साललाई आन्तरिक भ्रमण वर्षका रूपमा मनाउने, सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइने, सगरमाथा र अन्नपूर्ण क्षेत्रमा एकीकृत उद्धार केन्द्र स्थापना गर्ने प्रादेशिक विमानस्थल निर्माण, बारामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य, हवाई सुरक्षामा कडाइ, १२ कक्षासम्मको शिक्षा अनिवार्य र नि:शुल्क गर्ने, विद्यालय शिक्षालाई रोजगारीमुखी बनाइने, दलितलाई सबै तहमा नि:शुल्क गरिने लगायतका विषयहरू नीति तथा कार्यक्रममा समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here