महिला हिंसा रोक्ने स्मार्ट गहना

256

विश्वका जुनसुकै देशमा महिलामाथि हिंसा हुने गरेको छ । महिलालाई कार्यालय, सार्वजनिक स्थान तथा घरमा पनि हिंसा हुादै आइरहेको छ र यो विश्वव्यापी समस्या नै बनेको छ । राष्ट्रसंघको रिपोर्टमा दुनियाामा हरेक १३ सेकेण्डमा एक जना महिलामाथि यौनहिंसा हुने गरेको तथा भारतमा हरेक २३ सेकेण्डमा एक जना महिला यौनहिंसाको शिकार हुने गरेको तथ्य छ ।

 
त्यसैले भारतको नयाादिल्लीका विद्यार्थीहरूको एक समूहले आफ्नो पढाइकै प्रोजेक्टको रूपमा महिलाले प्रयोग गर्ने रक्षाकवच गहना बनाएका छन् । यो गहनाले महिलाको हिंसामा पर्ने त्रासलाई दूर गरिदिनेछ । यो गहनामा एउटा सानो गोलाकार मेसिन छ, जसको नाम सेफर हो । कम्पनीले उत्पादन गर्ने लकेट, ब्रासलेट वा कि चेन प्रयोग गर्ने महिलाले यदि आफुलाई जोखिमयुक्त वातावरणमा पाए भने तुरुन्तै सेफरको बटन दबाउन सक्दछन् । यसो गरेसागै उनीहरूको परिवार वा साथीहरूकोमा खतरा सूचक एसएमएस पुग्दछ । यो डिभाइसमा जोडिएको एपमा जिपिएस कनेक्सन पनि हुन्छ, जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो लोकेसन तथा समयको जानकारी पनि दिन सक्दछ । यो स्मार्ट गहनको मूल्य ३ देखि ५ हजार भारुसम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here