अब बियरको पाइपलाइन

150

बेल्जियमको ब्रग्स सहरमा बियरको पाइपलाइन निर्माण गर्न लागिएको छ । उक्त सहरमा दुई माइल लामो बियर आपूर्ति गर्ने पाइपलाइन बिछ्याउने कार्य चलिरहेको हो । यस्तो पाइपलाइन निर्माणको उद्देश्य हरेक नागरिकको घरमा बियर आपूर्ति गर्नु भने होइन ।

 

उक्त पाइपलाइनमा ब्रग्स सहरको मध्यस्थित डे हालवेमा रहेको एक रक्सी कारखानामा उत्पादन गरिएको बियर निरन्तर ४ हजार लिटर प्रतिघण्टाको रफ्तारमा बगिरहनेछ । उक्त बियरलाई सहरको बाहिर रहेको यसको बोटलिंग प्लान्टमा लगेर बोतलबन्द गरिनेछ । तर मुख्य पाइपलाइनबाट घरघरमा पाइपहरू जडान गरी धाराबाटै रक्सी बगाउने योजना भने कम्पनीको छैन । उसले त उक्त पाइपलाइनबाट केवल आफ्नो बोटलिंग प्लान्टसम्म रक्सीको आपूर्ति गर्ने योजना बनाएको छ । बियरको उत्पादन गर्ने भट्टी र त्यसको बोटलिंग गर्ने प्लान्ट टाढा टाढा रहेको र ट्रकमा आपूर्ति गर्दा महंगो र असजिलो पनि भएको कारण पाइपलाइनबाटै बियर आपूर्ति गर्ने योजना कम्पनीले बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here