‘जातिभेद’ समाप्तिको सूत्र यो पो हुन्थ्यो कि ?

384

–चन्द्रप्रकाश बानियाा

 
हालसालै दलित आयोगले थरको रुपमा प्रयोग हुादै आएको “विश्वकर्मा” लाई प्रचलनबाट हटाउनुपर्ने सिफारिस गरेछ । त्यसको समर्थन र विरोधका अभिमतहरु सार्वजनिक हुन थालेका छन् । खासगरेर विश्वकर्मा समुदायबाटै दुवैथरि विचारहरु आएका छन् । कसैले बुझेर र कसैले नबुझेर सिफारिसको समर्थन वा विरोध गर्ने गरेको देखिन्छ । विश्वकर्मा दलितमध्येको श्रेष्ठ जात भनेर मानिादै आएको छ । दलित समुदायभित्र आफूलाई उच्च जातको सम्झनेहरुले दलित आयोगको निर्णयले समाजमा अप्ठेरो परिस्थिति सिर्जना गर्ने तर्क गरेका छन् । त्यसमा जात घटुवा हुने मनोविज्ञानले काम गरेको स्पष्ट देखिन्छ । खासगरेर विश्वकर्माइतरका थरजातिहरुले भने त्यो निर्णयले दलितभित्रको वर्णविभाजन र छूवाछूतजनित भेदभावको अन्त गर्नमा सहयोग पुग्ने तर्क अघि सारेर समर्थन गरेको देखिन्छ । दमाईं, विश्वकर्मा, पोडे, सार्की, गाइने आदि थरका नाम होइनन् । हिन्दू वर्णविभाजनअनुसार ती सबै समूहहरुको सगोल वर्ण शुद्र नै हो । ती नामहरु व्यवसायका आधारमा रहेका हुन् । शुद्र वर्णभित्र पनि उपवर्ण सिर्जना गरिदिएर ठूलो सानोको भेदभावका आधारमा समुदायलाई सधैं विभक्त बनाइरहने जालसााजस्वरुप व्यवसायको आधारमा थरको नाम दिने गरिएको हो । आपसमा ठूलो सानो जातको भेदभाव सिर्जना गरिदिनाले समुदायलाई एकढिक्का रहनबाट वञ्चित गरेको छ । सधैं विभाजित भइरहून् र संगठित हुन नसकून् भनेर उच्च जातीय समुदायद्वारा गरिएको षड्यन्त्र थियो त्यो । आजसम्म पनि त्यो सूत्रले शुद्र समुदायलाई विभाजित बनाइराख्ने काम गरिरहेको छ ।

 
जातिवादमा आधारित कर्मकाण्डी धर्मसंस्कृति वास्तवमा हिन्दूधर्मको कलंक नै हो । त्यसले समाजलाई विखण्डन मात्र गरेको छैन, मानवताको घोर अपमानसमेत गरेको छ । वर्णवादी संस्कृति वेदबाटै प्रारम्भ भएको हुनाले हिन्दू समाज विकासको आधार नै जातिभेदमा स्थापित भएको छ भन्नु कुनै आग्रह ठहर्दैन । हिन्दूधर्मका विद्वान्, पण्डित र पण्डाहरुले कुनै यज्ञ, अनुष्ठान वा धार्मिक पीठमा कथित दलितहरुलाई सामेल गरेको नौटंकी गर्दैमा न त समाजबाट जातिभेदको संस्कार मेटिन्छ न त हिन्दू धर्मदर्शनको कलंक नै मेटिन्छ । अथवा कुनै पण्डित वा ठालू एक जनाले दलितको हातको पानी खाादैमा समाजबाट वर्णभेद, जातिभेद र छूवाछूत जस्तो अन्धसंस्कार समाप्त नै हुन्छ । जातिभेदवादी व्यवहारलाई दण्डनीय मान्ने कानुनी व्यवस्था गर्दा पनि छूवाछूतजस्तो समाजमा सदियौंदेखि जरो गाडेको अन्धसंस्कार समाप्त नहुादो रहेछ भने सहभोजजस्तो देखावटी चेष्टाले पनि छूवाछूतको अन्त गर्ला भनेर पत्याउन सकिादैन । वर्णवादी संस्कृतिलाई सााचो अर्थमा समाजबाट पूर्णरुपमा उन्मूलन गरेर जातिगत र वर्णवादी विभेदरहित समतावादी समाजको निर्माण गर्ने हो भने जातिवाद र वर्णभेदको जीर्ण परम्परा समाप्त गर्ने वस्तुवादी र सशक्त अभियान चलाउनु आवश्यक हुन्छ र त्यस्तो प्रयत्न बेला–बेलामा सन्त, महन्त वा स–साना सामाजिक संघसंगठनहरुबाट हुादै आएको उदाहरणहरु पाइन्छन् ।

 
तत्कालीन हिन्दू समाजमा जरो गाडेर रहेको पुरोहितवाद र कर्मकाण्डको विरोध गर्ने, जातिभेदविरुद्ध अभियान चलाउने र ईश्वरवादसाग विमति राख्ने पहिलो प्रयत्न गौतम बुद्धले गरेको देखिन्छ । उनले भाग्यवादको विरोध गरे, पुरोहितवाद र मूर्तिपूजाको खण्डन गरे, होम यज्ञादिको विपक्षमा अभियान चलाए र त्यतिखेरको समाजमा अछूतका रुपमा सामाजिक अपहेलनामा परेका समुदायका मान्छेहरुलाई भिक्षु बनाए र प्रवचकसमेत नियुक्त गरेका थिए ।

 
नेपाली सन्दर्भको मात्र कुरा गर्ने हो भने जोशमनि सम्प्रदायका सन्त शशिधर, सन्त ज्ञान दिलदास, योगमाया आदिले जातिभेदविरुद्ध पहिलो झण्डा उठाएका हुन् भन्दा फरक पर्दैन । जयपृथ्वीबहादुर सिंह, माधवराज जोशी, बालागुरु षडानन्द, फाल्गुनन्द, इमानसिंह, पदम देवान, नारदमुनि थुलुङ् आदिले पनि जातिभेद र छूवाछूतविरुद्ध अभियान चलाएका थिए । पछिल्लो चरणमा इलामका काले दमाईं, तेह्रथुमका गोपाल लमजेल, बाग्लुङ्गका भगत सर्वजित विश्वकर्मा, स्याङ्जाका लालबहादुर परियार, हिम्मतसिंह विश्वकर्मा, रिपलाल विश्वकर्मा, गोथी बसेल, गंगाबहादुर परियार, मनवीर विश्वकर्माहरुले छूवाछूतविरुद्ध विद्रोहको झण्डा उचालेका थिए र उनीहरुकै प्रयत्नको फलस्वरुप पशुपति, शैलेश्वरी, सिद्धकाली, गोरखकाली आदि प्रसिद्ध मन्दिर तथा देवधामहरुमा दलितहरुको प्रवेश सम्भव भएको थियो । खासगरेर दलित समुदायका चेतनशील उत्प्रेरकहरुको अथक र निरन्तर संघर्षको परिणामस्वरुप २०२० सालको मुलुकी ऐन आएको हो । पुनस्र्थापित व्यवस्थापिका संसदबाट २०६३ जेष्ठ २१ गते नेपाललाई “छूवाछूतमुक्त देश” घोषणा गराउने परिस्थिति निर्माणको कारकतत्व पनि त्यही थियो ।

 
पृथ्वीनारायण शाहका नाति राजा रणबहादुर शाहलाई तत्कालीन दरबारीया गुरुपुरेतहरुले “बहुला” घोषणा गरेका थिए । रानी कान्तिमतीको प्ेरमवियोगबाट विक्षिप्त बनेका रणबहादुर शाहले पशुपतिलगायत देवीदेवताका मूर्तिहरु तोडफोड गर्ने र देवगुठी तथा ब्राह्मणहरुका विर्ता खोस्ने काम गरेका हुनाले उनलाई बहुला भनिएको हो भनेर पनि इतिहास बङ्ग्याइएको पाइन्छ । वास्तविक सत्यतथ्य त्यस्तो थिएन । पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरण अभियान संगसंगै “जोशमनि सन्त परम्परा” का सन्तहरुले जातिभेद, मूर्तिपूजा र कर्मकाण्डविरोधी आन्दोलन चलाएका थिए । तिनै सामाजिक अभियन्ता जोशमनि सन्त शशिधरबाट दीक्षा लिएर रणबहादुर शाह स्वयं “निर्गुणानन्द स्वामी” कहलिएका थिए र उनले मुलुकमा सदियौंदेखि जरा गाडेर जमेको जातिभेदको अन्ध परम्पराविरोधी अभियान चलाउने सन्दर्भमा सहभोजको आयोजना गर्ने, देवगुठी हरण गर्ने, ब्राह्मणविर्ता हरण गर्ने र मूर्तिपूजाको विरोध गर्ने अभियान चलाएका थिए । तर तत्कालीन धर्मभिरु समाजले त्यसलाई पागलपनको उद्दण्डता घोषित गरिदिएको हो । रणबहादुर शाहले जानबुझीकनै सचेततापूर्वक मूर्तिपूजा, कर्मकाण्ड र जातिवादको विरोध गरेका थिए । पागलपन वा सनकको भरमा त्यस्तो गतिविधि गरेका थिएनन् ।

 
वि.सं. १९१० मा जङ्गबहादुर राणाले जातिभेद र छूवाछूतलाई मान्यता दिने ऐन बनाएर लागू गरेका थिए र २०२० सालमा शाह राजा महेन्द्रले उक्त सामाजिक विभेद उन्मूलनका निमित्त ऐनकानुन बनाएर लागू गर्ने प्रयत्न गरेका थिए । त्यसअघि र त्यसपछि पनि समाजमा जातिभेद कुनै न कुनै रुपमा विद्यमान थियो र आजसम्म पनि जातिभेद उन्मूलनको अभियानको आवश्यकता यथावत् छ । ऐनकानुनको पूर्णपालना समाजमा हुन सकेको छैन अर्थात् ऐन बनाएर प्रारम्भ भएको जातिभेद, ऐन बनाएरै समाप्त गर्न खोज्ने प्रयत्नले पूर्ण सफलता प्राप्त गर्न सकेको छैन । कडाइका साथ लागू गर्ने प्रयत्न भएको पनि छैन । धर्माधिकारी र सामाजिक अभियन्ताहरुले मात्र होइन, चेतनशील समाजले जातिभेदी संस्कार परम्पराको समूल अन्तको आवश्यकता महसुस गरेको छ तापनि त्यसलाई यथार्थमा रुपान्तरित गर्ने गरी कार्यान्वयन गर्ने कार्यमा सफलता मिलेको छैन । अहिलेसम्म पनि दलित समुदाय कथित उच्च जातीय समाजबाट भेदभाव तथा अपमानपूर्ण व्यवहारको तीतो घुट्को पिउन पचाउन बाध्य छ ।

 
जातिभेदको जन्मभूमि भारत हो र यतिबेलासम्म पनि विश्वमै सबैभन्दा बढी जातिभेद र छूवाछूतबाट आक्रान्त समाज पनि भारतकै छ । जातिभेदको सामाजिक कलंकबाट उन्मुक्तिको सन्दर्भमा महात्मा गान्धी र अम्वेडरकर जस्ता ठूला हस्तीहरुले पटक–पटक अभियान चलाएका पनि छन् । तर उनीहरुका अभियानहरुले अपेक्षित सफलता पाउन भने सकेको देखिादैन ।

 
नेपाली संस्कृति भारतबाट सधैं प्रभावित रहादै आएको छ । सायद छूवाछूत मुक्तिको सामाजिक समस्याले पनि भारतमा प्राप्त हुने सफलतालाई कुरेको छ । महात्मा गान्धीले अस्पृश्यता, वर्णभेद र जातिभेद उन्मूलनका निमित्त दुईवटा उपाय अवलम्बन गर्नुपर्ने विचार अघि सारेका थिए । पहिलो कुरा सबै दलितहरुलाई उच्चजातिका थरगोत्र ग्रहण गर्न र आफूलाई उच्चजातीय घोषणा गर्न अभिप्रेरित गरेका थिए । अर्को उपायका रुपमा विभिन्न समुदायमा विभाजित दलितहरुलाई यौटा साझा नाम दिएर गोलबन्द गर्न खोजेका थिए अर्थात् सबै दलितलाई “हरिजन” नामबाट सम्बोधन गर्ने सल्लाह दिएका थिए । महात्मा गान्धीको प्रयत्न भारतमा सफल हुन सकेन अर्थात् जातिभेद समाजबाट समाप्त पार्ने गान्धीको सूत्र व्यावहारिक र वैज्ञानिक सावित भएन । नेपालको सन्दर्भमा दलित समुदायले गान्धीको पहिलो सूत्र अवलम्बन गर्ने प्रयत्न गरेको थियो र पछिल्लो समयमा त्यसले केही समस्या पनि उब्जाएको छ ।

 
छूवाछूत एउटा सामाजिक समस्या हो । समाजमा आउने सामयिक जागरण र चेतनाको प्रकाशले समाजमा व्याप्त जातिभेदरुपी जीर्ण अन्धकार समाप्त गर्नेे हो । विस्तारै–विस्तारै यो समाप्तितर्फ उन्मुख छ र त्यो अनिवार्य पनि छ । तर समयको गतिलाई यो कुसंस्कार उन्मूलनको विद्यमान धिमा गतिले पछ्याउन सकेको छैन । सााचो कुरा गर्ने हो भने सामाजिक एकताको बाधकको रुपमा रहेको यो कुपरम्पराले समाज विकासको गतिमा पनि प्रतिकूल प्रभाव पारेको छ । त्यसैले यसको द्रुत र शिघ्र उन्मूलनका लागि राज्यको प्रभावकारी हस्तक्षेपको आवश्यकता देखिएको छ । जातिभेद र छूवाछूतलाई कानुनी रुपमा दण्डनीय बनाउादैमा त्यसको उन्मूलन भइहाल्ने देखिादैन । किनकि त्यस्तो अभ्यास विगत ५० वर्षयता हुादै आएको छ र त्यसले अपेक्षित प्रतिफल दिन सकेको छैन । त्यसैले आजसम्म व्यवहारमा लागू भएका प्रयत्नहरुलाई यथावत् राख्दै केही थप उपायहरु अवलम्बन गर्नुपर्ने देखिन्छ । पहिलो कुरा “जात” जनाउने शब्दावली जस्तो शर्मा, उपाध्याय, क्षत्री, ठकुरी, मगर, थकाली, दमाई, दर्जी, पोडे, चमार, सार्की, कामी, विश्वकर्मा, सुनार, गाइने, पोडे, च्यामे, दुषाद आदि लेख्नमा प्रतिबन्ध लगाउने र नामसाग केवल थर मात्र लेख्ने लेखाउने परम्परा बसाल्ने । दोस्रो, अपेक्षाकृत नयाा आगन्तुकहरुसाग जति छिटो र सरलतापूर्वक सामाजिक अन्तर्घुलनको सम्भावना रहन्छ, एउटै समाजमा सदियौादेखि सागसागै रहादै आएका दलित तथा उच्च जातिका बीचमा सामाजिक सांस्कृतिक अन्तर्घुलन सजिलो हुादैन । आपसमा विहेवारी चलाउने कुरा त परै रहोस्, सहजतापूर्वक भातपानी चलाउन पनि गाह्रो पर्छ । त्यसैले दलित समुदायलाई स्थानान्तरण अर्थात बसाइासराइको निमित्त अभिप्रेरित गर्ने नीति राज्यले लिनुपर्ने देखिन्छ । तेस्रो उच्चजातमा प्रचलित थर गोत्रहरु नै दलित समुदायमा वितरण गर्नुपर्छ । यी तीन उपायको अवलम्बनबाट जातिभेद, वर्णभेद र छूवाछूतको दीर्घ समस्या समाधान सरलीकृत हुने सम्भावना रहनेछ । यसका निमित्त पुख्र्यौली थातथलोको मोहबाट मुक्त हुन नसक्ने नेपाली मनोविज्ञान भने समस्याको रुपमा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here