कर्मचारीलाई सुत्न हाकिमले बनाइदिए ओछ्यान

268

एक कम्पनीका मालिकले कार्यालयमा नै सुत्नका लागि भनेर कर्मचारीहरूका लागि ओछ्यान तयार गर्दिएका छन् । यो कम्पनी चीनको हो । बेसन क्लाउड नामको एक क्लाउड कम्प्युटिंग फर्मका मालिक दाइ सियांगले जब आफ्नो कम्पनीमा पहिलो बिजनेस अर्डर प्राप्त भयो तब कार्यालयको शान्त कोठामा १२ वटा ओछ्यान तयार पारे ।
उनले प्राविधिक काम गर्दा मस्तिष्कलाई निकै धेरै मिहिनेतको आवश्यकता पर्ने भएकाले कर्मचारीहरूको लागि आराम गर्ने व्यवस्था मिलाएको जनाएका छन् । आफ्ना कर्मचारीलाई दिउासै सुतेर आराम गर्न बेड नै तयार पारिदिएका हुन् । यद्यपि चीनमा कार्यालयमा काम गर्ने कर्मचारीहरू आफ्नो कार्यालय समयकै दौरान सुत्नु सामान्य बन्दै गइरहेको छ । टेक्नोलोजी कम्पनीका प्रोग्रामरहरू हरेक दिन कार्यालयमा अतिरिक्त समय काम गर्दछन् । त्यसैले उनीहरूलाई लन्चको समय तथा रातको ९ बजेपछि आफ्नो डेस्क तथा सोफा लगायतमा कार्यालयमै सुत्ने अनुमति हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here