जहाा दिइन्छ तलबको साटो कुखुराको चल्ला

560

महिनाभरि काम गरेर यदि तलबमा पैसा पाउनुको साटो कुखुराको चल्ला पाइन्छ भने कस्तो लाग्ला ? अवश्य नै हाम्रो चित्त बुझ्दैन । तर उज्वेकिस्तानको एउटा सहरमा विद्यालय शिक्षकलाई नगदको सट्टा तलवमा कुखुराको चल्ला दिइएको छ । अमेरिकी सहयोगबाट संचालित रेडियो ओजोडलिकका अनुसार कैरेकलपाकस्तान रिपब्लिकमा अधिकारीहरूले बैंकमा रकम अभावका कारण अण्डाबाट निस्कादै गरेका चल्ला बााडिरहेका छन् ।
एक जना शिक्षकले यो निर्णयलाई ‘लज्जाजनक’ भएको जनाए । उनले भने, विगत वर्षमा उनीहरूले हामीलाई आलु, गाजर र फर्सी दिएका थिए, यो वर्ष उनीहरूले हामीलाई तलबापत चल्ला लिन दबाब दिइरहेका छन् । यदि हामीलाई कुखुरा आवश्यक भए हामी बजारबाटै निकै कम मूल्यमा किन्न सक्छौा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here