सन् २०२६ काे विश्वकप खेलेर मात्रै रोनाल्डोले सन्यास लिने

50

एजेन्सी । विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने सन् २०२६ अगाडी सन्यास लिने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कुनै योजना छैन।

सन् २०२६ मा हुने विश्वकपमा सहभागी भएपछि मात्रै फुटबलबाट सन्यास लिने रोनाल्डोले योजना बनाएको बताइन्छ। रोनाल्डोले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा भाग लिने योजना बनाएको विभिन्न खेल मिडियाहरुको दावी छ। त्यस्तै रोनाल्डो साउदी क्लब अल नासरसंगको सम्झौता पनि विस्तार गर्न सकारात्मक रहेको साउदी मिडियाहरु बताउँछन्।

विश्वकप आसपास सम्मका लागि अल नासरसँगको सम्झौता थप गर्न रोनाल्डो तयार रहेको बताइएको छ। रोनाल्डो सन् २०२७ को फेब्रुअरीमा ४२ वर्ष लाग्नेछन्। तर सन् २०२७को सुरुवाती समस्य सम्मका लागि अल नासरसंगको सम्झौता थप गर्न रोनाल्डो सकारात्मक देखिएका छन्।

साउदी अरेबियाको लिगमा उनको स्थानान्तरणलाई स्टेप डाउनको रूपमा हेरिएको थियो। तर सो लिगको गुणस्तर बढ्दै गएको छ र नयाँ सिजन सुरु भएपछि उनले अहिलेसम्म नौ खेलमा उनले १० गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here