बंगलादेशमा एक अचम्मको बालक जन्मिएको छ । उक्त बच्चा करिब २ वर्षको छ तर टाउकोको आकार फुटबल जत्रै छ भने तौलचाहिा सामान्यभन्दा तीन गुणा बढी छ ।
दक्षिणी बंगलादेशमा जन्मिएको इमोन नामको यो बालकको टाउकोमा ठूलो परिमाणमा पानी जमेका कारण टाउको फुलिएर यतिविघ्न ठूलो भएको हो । बच्चाको टाउकोको तौल ९ किलो छ जुन एक वर्षको बच्चाको सम्पूर्ण जिउको तौल बराबर हो । असामान्य रूपमा टाउको ठूलो भएका कारण यो बालक हिाडडुल गर्न तथा खुट्टा चलाउन पनि सक्दैन । बालकलाई हाइड्रोसिफालस नामक रोग भएको पत्ता लागेको छ । जसका कारण खप्परभित्र पानी जम्मा हुन्छ र सोही तरल पदार्थका कारण मस्तिष्कमा दबाब भएर क्षति पुग्दछ । बच्चालाई डाक्टरहरूले विदेश लगेर उपचार गरेमा मात्र निको हुने सम्भावना औाल्याएका छन् तर बच्चाका बुवाआमा छोराको उपचारका लागि विदेश लैजान सक्ने आर्थिक हैसियतमा छैनन् ।