‘ड्रिम्स’ पाइरेसी भएपछि १ करोड माग

329

काठमाडौं/ नायक भुवन केसीले आफौले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ पाइरेसी भएपछि त्यसको क्षतिपूर्ति माग गर्दै प्रहरी साइबर सेलमा उजुरी गरेका छन् । उनले आफूले क्षतिपूर्तिमा १ करोड रूपैयाा पाउनुपर्ने उजुरीमा उल्लेख गरेका छन् । उनले बोथार्थ पत्र चलचित्र विकास बोर्डमा पनि पठाएका छन् ।

 
नेपालमा गत वर्ष प्रदर्शनमा आएको उक्त चलचित्र व्यावसायिक रूपमा सफल बनेको थियो । तर नेपालमा प्रदर्शन भइसकेको ड्रिम्स नेपाल बाहेकको मुलुकमा प्रदर्शन हुनै बााकी छ । रिलिज नहुादै फिल्म पाइरेसी हुादा निर्माता मारमा पर्ने भन्दै अभिनेता केसीले पाइरेसी राष्ट्रिय चलचित्र उद्योगकै ठूलो रोग भएको जनाएका छन् । उनले यो शैलीले नेपाली चलचित्र नै ध्वस्त हुनसक्ने खतरा औाल्याउादै बेलैमा सबै सचेत हुनुपर्ने जनाए । भुवन केसी निर्देशित ड्रिम्समा अनमोल केसी र साम्राज्ञी राणाको मुख्य भूमिका रहेको छ । नेपालमा व्यावसायिक रूपमा सफल भएको उक्त चलचित्र विभिन्न मुलुकमा प्रदर्शनको क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here