मुटुरोगबाट बच्न विवाह गर्नु राम्रो !

334

बेलायतमा भएको एक अनुसन्धानका अनुसार विवाहित मानिसमा हृदयघातको खतरा अविवाहित वा सम्बन्धविच्छेद गरेर बसेकाहरूको तुलनामा कम हुने देखिएको छ । उक्त अनुसन्धानमा हृदयाघातबाट हुने मृत्युमा सम्बन्धविच्छेद गरेर बसेकाहरूको संख्या सबैभन्दा बढी पाइएको जनाइएको छ । त्यसपछि अविवाहितहरू दोस्रो नम्बरमा छन् । यो सूचीमा विवाहितहरूको नम्बर अन्तिममा छ । शोधकर्ताहरूका अनुसार विवाहितमा यस्तो समस्या नदेखिनुमा मानसिक शान्ति, जीवनसाथीको सहयोग र सामाजिक सहभागिता हो । म्यानचेस्टरमा ब्रिटिश कार्डियोभस्कुलर सोसाइटी सम्मेलनमा प्रस्तुत रिपोर्टमा ऐस्टन युनिभर्सिटीमा २५ हजार जनामा गरिएको शोधमा यस्तो खुलासा भएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here