न्युक्लियर हतियारको प्रतिस्पर्धामा छिमेकी मुलुक

232

उच्च जोखिम मोल्दै नेपाल, सम्पन्न मुुुलुकहरुबाट नाफा हैन घाटैघाटा
काठमाडौं/ पछिल्ला केही दिनयता छिमेकी मुलुक भारतले न्युक्लियर सप्लायर्स गु्रप (एनएसजी)को सदस्यता पाउन गरिरहेको प्रयास र त्यसको पक्ष र विपक्षमा भइरहेका बहसले एसियाली मुलुकमा ठूलै हलचल उत्पन्न गराइरहेको छ । सन १९७४मा परमाणु हतियार र त्यसमा प्रयोग हुने प्रविधि, उपकरण तथा अन्य सामग्रीहरूको नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको उक्त संस्थामा भारतले सदस्यताका लागि प्रयास गरेपछि छिमेकी मुलुक पाकिस्तानले पनि सदस्यता पाउनु पर्ने भन्दै आफ्नो दाबी प्रस्तुत गरेको छ । भारतमा परमाणु हतियारको परीक्षणपश्चात् स्थापना भएको उक्त संस्थामा भारतलाई सदस्य बनाउनुपर्नेमा संयुक्त राज्य अमेरिकालगायतका मुलुकले समर्थन जनाएपछि पाकिस्तानको सदस्यतालाई अर्काे छिमेकी मुलुक चीनले समर्थन जनाएको छ । हाल विश्वका ८४ शक्तिशाली मुलुकहरू सदस्य रहेको एनएसजीमा भारत र पाकिस्तानले समेत सहभागी हुन पाउनुपर्ने प्रस्ताव राख्नु र दुई मुलुकलाई विश्व शक्ति राष्ट्र मानिएका अमेरिका र चीनले छुट्टाछुट्टै समर्थन जनाउनुले यो विषय पेचिलो बन्दै गएको छ ।
परमाणु हतियारको संख्या घटाउने विषयमा विश्वभरबाट प्रयास जारी रहेका बेला एनएसजीको सदस्यता प्राप्त गर्न चाहने मुलुक भारत र पाकिस्तानले भने परमाणु हतियारको संख्या निरन्तर वृद्धि गरिरहेका छन् । सन २०१५ को तथ्यांकअनुसार विश्वभरमा १५ हजार ८५० परमाणु हतियार रहेकोमा परमाणु कार्यक्रमसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्थाले हालै सार्वजनिक गरेको २०१६ को तथ्यांकमा सो संख्या १५ हजार ३९५ मा सीमित भएको छ । तर नयाा तथ्यांकले दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानको परमाणु हतियारको संख्यामा भने वृद्धि भएको देखाएको छ । सन् २०१५ मा १००–१२० संख्यासहित छैटौं स्थानमा रहेको पाकिस्तानले सो संख्यामा वृद्धि गर्दै ११०–१३० पुर्‍याएको छ । त्यस्तै सन् २०१५ मा ९०–११०को संख्यामा परमाणु हतियार रहेको भारते यो वर्ष अर्थात् २०१६ मा उक्त संख्यालाई वृद्धि गर्दै १००–१२० पुर्‍याएको छ । नेपालको उत्तरी छिमेकी मुलुक चीनसाग समेत परमाणु हतियारको क्षमताको हिसाबले चौंथो शक्तिशाली मुलुक मानिन्छ । सन् २०१५ को तथ्यांकअनुसार कुल २६० परमाणु हतियार रहेको चीनले यस वर्ष भने परमाणु हतियारको संख्यामा कुनै वृद्धि गरेको छैन ।
नेपालका छिमेकी मुलुकहरूबीचमा देखिएको परमाणु हतियारको प्रतिस्पर्धाबाट नेपाल समेत सुरक्षित छैन । नेपाल आफौले परमाणु कार्यक्रमहरू अघि नबढाए पनि तीनवटा छिमेकी मुलुकहरू भारत, चीन र पाकिस्तानसाग दूरीका हिसाबले नजिक रहेकाले परमाणु हतियार दुर्घटनाको उच्च जोखिममा रहेको छ । ती मुलुकहरूले परमाणु हतियार प्रयोग गरेको खण्डमा अथवा आणविक दुर्घटना भएको खण्डमा नेपाल तीनवटै मुलुकबाट उच्च जोखिममा रहेको नेपाली वैज्ञानिकहरू जनाउाछन् । ती मुलुकहरूको आपसी द्वन्द्वका कारण परमाणु हतियार प्रयोग भएमा नेपालको संलग्नता नभए पनि प्रभावबाट भने टाढा रहन नसक्ने नेपाली परमाणु वैज्ञानिक नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक बुद्धराम साहले जनाए । साह छिमेकी मुलुकहरूको परमाणु कार्यक्रम तथा परमाणु हतियारबाट हुनसक्ने दुर्घटनाबाट नेपाल उच्च जोखिममा रहेको जनाउाछन् । विशेषगरी तीनवटै छिमेकी मुलुकका परमाणु केन्द्रहरू नेपालबाट नजिक रहेकाले त्यहाा हुनसक्ने दुर्घटनाबाट नेपाल प्रत्यक्ष प्रभावित हुने उनको भनाइ छ । नेपालका तीनवटै छिमेकी मुलुकहरूका बीचमा एक अर्काप्रतिको दुरभाव र प्रतिस्पर्धाका कारण कुनै पनि बेला परमाणु हतियारको प्रयोग हुनसक्ने ठूलो सम्भावना रहेको विज्ञहरू जनाउाछन् ।
नेपाल छिमेकी मुलुकहरूले विकास गरिरहेको परमाणु कार्यक्रम तथा हतियारका कारण उच्च जोखिममा भए पनि भविष्यमा हुनसक्ने त्यस्ता दुर्घटनहरूबाट बच्नका लागि नेपालसाग कुनै तयारी छैन । सुरक्षा तयारी त टाढाको विषय हो नेपालले हालसम्म न्युक्लियर समेत निर्माण गरेको छैन । तर नेपाल सन् २००८ देखि संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तराष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) को सदस्य राष्ट्र भएकाले सम्भावित दुर्घटनाका कारण तत्काल अपनाउनुपर्ने सुरक्षा तयारीका लागि भने सहयोग लिनसक्ने डाक्टर साहको भनाइ छ । तर यस विषयमा कुनै पहल नभएको डाक्टर साह जनाउाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here