काठमाडौं/ नेकपा एमालेका अध्यक्षसमेत रहेका हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटको सहारामा एक्लै हिाड्ने प्रयासमा लागेको देखिएको छ । एमालेभित्र नै आफ्नो गुटलाई मात्र बढावा दिएको, गुटगत राजनीति गरेको, आफ्ना आलोचना गर्नेलाई पक्षपात गरेको आरोप प्रधानमन्त्री ओलीले खेप्दै आएका छन् । यसैबीच एकतर्फी रूपमा नै स्थानीय तहको रटान लगाइरहेको ओली सरकारले कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता चुनाव गर्ने रणनीति लिएर जोडतोडका साथ लागिरहेको छ ।
सोमबार निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचन सरकारले तोकेको समयमा गर्न सकिन्छ कि सकिादैन भनेर बुझ्न प्रधानमन्त्री ओलीको टोली पुगेको थियो । प्रधानमन्त्रीको टोलीमा उनको गुटका नेताहरू सबैको उपस्थिति रहेको थियो । आफ्ना पक्षधरहरूको दलबलसहित आयोग पुगेका ओलीले सबैलाई पेलेरै भए पनि निर्वाचन गराउने मुडमा रहेको देखिएका छन् । जब कि सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने स्थानीय तहको निर्वाचन मंसिरमा गर्न नहुने अडान राख्दै आएको छ । कांगं्रेसमात्र नभई सत्ता साझेदार दल माओवादी पनि मंसिरमा नै स्थानीय तहको चुनाव गरिहाल्नुपर्ने पक्षमा देखिएको छैन । तर कसैलाई नटेर्ने प्रधानमन्त्री ओली भने आफ्नो दलका केही गुटगत नेताहरूको साथ लिएर चुनावको तयारीमा देखिएको विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् । ओलीको चुनावी योजनालाई सफल पार्नकै लागि उनको गुटका नेताहरूले देशभरका जुनसुकै कार्यक्रममा प्रधानमन्त्रीको गुणगान गाउने र चुनाव गरिहाल्नुपर्ने भन्दै भाषण गर्दै हिाड्न थालेको पनि एमाले वृत्तमा नै चर्चा चल्न थालेको छ । एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षले स्थानीय तहको चुनाव गर्दा सबैको सहमतिमा जानुपर्ने र यसका लागि हतार गर्नु नहुने जनाइरहेका बेला ओली भने आफ्नै लिाडेढिपीमा लागेको एमाले नेताहरूले नै आरोप लगाउन थालेका छन् ।
निर्वाचन आयोगले भने कात्तिक अन्तिममा वा मंसिरको पहिलो साता स्थानीय निर्वाचन गर्न तयार रहेको जनाउादै प्रधानमन्त्री ओलीलाई हरियो झण्डा देखाएको छ । तर निर्वाचनको लागि आवश्यक ऐन संसद््बाट भदौसम्ममा बनिसक्नुपर्ने आयोगले जनाएको छ । आयोगका कामु प्रमुख डा. अयोधिप्रसाद यादवले सरकार स्थानीय निकाय कि स्थानीय तहको निर्वाचन गर्ने हो भन्ने कुरामा स्पष्ट हुनुपर्ने जनाउनुभएको छ । यता प्रधानमन्त्री ओलीले भने कात्तिक अन्तिम वा मंसिरपहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुने ठोकुवा गर्नुहुन्छ । त्यसका लागि निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाए हुन्छ भन्ने प्रधानमन्त्री ओलीको प्रतिक्रिया छ । यसले अबका दिनहरूमा स्थानीय तहको चुनावले राजनीतिक वातावरण तरंगित हुने सम्भावना देखिएको छ । ओलीको एक्लै हिाड्ने प्रयासमा के कस्ता अवस्थाहरू निर्माण होला भनेर टीकाटिप्पणी सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूलाई बाइपास गरेर एकलौटी ढंगले स्थानीय निकायको निर्वाचन गर्न खोजेका थिए, तर त्यो निर्वाचनको परिणाम सुखद हुन सकेन । अहिले ओली सरकारले पनि कतै पूर्वराजाकै पदचाप पछ्याउन खोजेको त हैन भन्ने विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् । यदि त्यस्तै हो भने यसको परिणाम पनि के होला भन्ने पूर्वनिर्धारित नै छ ।