‘लुकामारी’को सुखद सुरुवात

202

काठमाडौं/ गत शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको चलचित्र ‘लुकामारी’ले व्यापारमा सुखद सुरुवात गरेको छ । चलचित्रलाई हेर्न हलमा दर्शकहरूको बाक्लै उपस्थिति देखिएको छ । चलचित्र कमेडी क्राइम विधाको भएको कारण पनि दर्शकहरूले मन पराएको यसको निर्माणपक्षले जनाएको छ । चलचित्र चल्नुको अर्को कारणमा स्टार कलाकारहरूको उपस्थिति हुनु हो ।

 
चलचित्रमा मुख्य अभिनेता सौगात मल्ल, कर्मा शाक्य र विक्रमसिंह थारु रहेका छन्, त्यस्तै नायिकाहरूमा रिस्ता बस्ने, सुरविना कार्की रहेका छन् । उनीहरूले आफ्नो–आफ्नो पात्रलाई न्याय गर्दा दर्शक हलबाट निस्किादा पनि नोटिसेवल बनेको जनाएका छन् । फिल्म निर्माण टिम तथा वितरण कम्पनीलाई उद्धृत गर्दै मिडिया संयोजक विजय सुवेदीले फिल्मले राजधानीबाट तीन दिनमा ३७ लाखको बिजनेस गरेको जानकारी दिए ।

 
मोफसल विजनेसको रिपोर्ट प्राप्त नभए पनि देशैभर उत्साहजनक व्यपार देखिएको सुवेदी जनाएका छन् । चलचित्रलाई काठमाडौंका मल्टिप्लेक्समा पनि रुचाइएको छ । यद्यपि मल्टिप्लेक्सले यो चलचित्रलाई पनि पर्याप्त शो दिएको थिएन । तर दर्शकहरूको बढ्दो उपस्थितिका कारण केही मल्टिप्लेक्सहरूमा लुकामारीको शो थपिएको छ । चलचित्रका कलाकारहरू सौगात र सुरविना तथा निर्माण टिम हल–हलमा पुगेर दर्शकसाग प्रतिक्रियाहरू गरिरहेका छन् ।

 
चलचित्रका निर्देशक श्रीराम दाहालले ‘वर्ड अफ माउथ’ राम्रो भएको कारण फिल्मले नियमित दर्शक तानिरहने आशा व्यक्त गरेका छन् । पछिल्लो समय वर्ड अफ माउथले चलचित्रहरूलाई व्यापार गर्न सहयोग पुर्‍याएको छ । निर्देशकले सुरुवातमै आक्रामक ओपनिङको ठूलो अपेक्षा नराखे पनि हालकसम्मको व्यापारले सन्तुष्ट बनाएको जनाएकाछन् । फिल्मका मुख्य निर्माता सुरजमान सिंह भण्डारी हुन् । चलचित्रमा सौगात र कर्माको जोडी देख्न सकिन्छ । सौगात र कर्माले धेरै पछि एकसाथ काम गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here