१८औं विश्व काव्य यात्रा अष्ट्रेलिया पुग्यो

357

काठमाडौं/ एकल विश्व काव्य यात्राका क्रममा बसन्त चौधरी अष्ट्रेलिया पुगेका छन् । सिड्नीमा भएको कार्यक्रममा चौधरीको काव्यिक प्रस्तुतिबाट त्यहााका नेपालीहरूले नयाा स्वाद र प्रस्तुतिको अनुभव गरे । कवि/गीतकार बसन्त चौधरी गत शनिबार अष्ट्रेलियाको सिड्नीमा नेपालीहरूमाझ उन्मुक्त रूपमा गुन्जिए ।

 
सिड्नीबासी नेपालीहरूले नौलो र फरक कार्यक्रममा सहभागी हुन पाएको अनुभव गरेको जनाएका छन् । चौधरीको प्रस्तुतिबारे प्रतिक्रिया जनाउादै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मन छुने साहित्यिक प्रस्तुतिले आनन्द दिलाएको जनाए । एनआरएन आईसीसी सदस्य बालचन्द्र भट्टराईले पनि समसामयिक विषयका तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमा नै नौलो अनुभूति र स्वाद बााडेको अनुभूति प्रकट गरे । चौधरीको यो एकल प्रस्तुतिमा सिड्नीबासीलाई आफ्ना एकल सिर्जना पस्कन पाउादा साहित्यकार चौधरी पनि उत्साहित देखिएका थिए ।

 
कार्यक्रममा बोल्दै चौधरीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्ने अभिप्रायले विश्व काव्य यात्रा प्रारम्भ गरेको जनाए । चौधरीको कविता सुन्न स्थानीय साहित्यप्रेमीलगायत समाजसेवीहरूको घुइाचो लागेको थियो । प्रारम्भमा न्यू साउथवेल्स राज्यका महावाणिज्यदूत दिपक खड्काले कवि, उद्योगपति बसन्त चौधरीलाई खादा र मालाले स्वागत तथा सम्मान गरेका थिए । सिड्नीको उक्त कार्यक्रमको आयोजक ‘साताको साहित्य डटकम’ थियो भने चौधरीको काव्यिक यात्राको यो १७औं श्रृंखला थियो । उक्त कार्यक्रममा सिड्नीमा रहेका समीर आचार्य, सुजाता उपाध्याय मानन्धर र सञ्जीव पराजुली समेतले चौधरीद्वारा रचना गरिएका गीतहरू प्रस्तुत गर्दा वातावरण निकै रोमाञ्चक बनेको थियो । चौधरीको एकल विश्व काव्य यात्रा सिड्नी श्रृंखला सकिएलगत्तै मेलवर्नमा पनि त्यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।

 
त्यस्तै गत असार १० गते शुक्रबार भने कवि चौधरी र चर्चित १० अष्ट्रेलियन कविहरूबीच नेपाल–अष्ट्रेलिया काव्यिक अन्तक्र्रिया सम्पन्न भएको जनाइएको छ जसमा अंग्रेजीमा अनूदित बसन्तका केही कविताहरूले प्रतिनिधित्व गरेका थिए ।

 
त्यस्तै असार १२ गते अष्ट्रेलियाको मेलवर्नस्थित थर्नबरी नाट्य मञ्चमा नेपाली सोसाइटी, ल्यांग्वेज एण्ड कल्चर (सोलाङ्चर) को आयोजनामा चौधरीको विश्व काव्य यात्राको १८औं श्रृंखला प्रस्तुत गरिएको थियो । ती दुवै कार्यक्रममा चौधरीले आफ्ना नवीनतम र केही चर्चित पुराना गरी डेढ दर्जन काव्यिक रचनाहरू प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here