प्रचण्डलाई पक्राउ गर्नेबारे चर्चा र नेपाली मिडिया

200

नेपाली मिडियामा हालका दिनहरूमा निकै चर्चाको विषय बनेको छ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गर्ने योजना तय भएकाले उनको अष्ट्रेलिया भ्रमण एकाएक रोकियो । यो विषयलाई नेपालका मिडियाहरूले निकै महत्व दिएर प्रकाशन गरिरहेका छन् ।

 
नेपालमा २०५२ देखि ०६२ सालसम्म चलेको सशस्त्र युद्धकालमा भएका हिंसात्मक गतिविधिहरूमा केन्द्रित रहेर प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गर्ने तयारी भएको भन्ने सवालमा केन्द्रित रही नेपाली मिडियाहरूमा प्रचारमा आएको समाचारको गम्भीरतातर्फ ध्यान दिन जरुरी छ । दश वर्षसम्म जारी युद्ध स्थगन गरी शान्ति प्रक्रियामा आएदेखि नै माओवादीलाई बद्नाम गराउने प्रयास भइरहेको पाइन्छ । पार्टी भित्रैबाट प्रचण्डलाई कमजोर बनाउनेदेखि लिएर विवादित बनाउनेसम्मका कामहरू हुादै आएका छन् । प्रचण्डले आफूविरुद्ध षड्यन्त्र भइरहेको छ भनेर पटक–पटक भन्दै आएका भए पनि षड्यन्त्रहरूप्रतिको सजगता अपनाएको पाइादैन । प्रचण्डले प्राप्त गरेको राजनीतिक उचाइलाई कम गराउन हरेक किसिमका खेलहरू भए । बाबुराम जस्ता सैद्धान्तिक रूपमा विचलित भएका व्यक्तिलाई एउटै निवासमा बसाउने खेलबाट सुरु भएको प्रचण्डविरुद्धको गतिविधि अष्ट्रेलियामा पक्राउ गर्ने तयारी भएको भनी चर्चा गर्ने तहसम्म पुर्‍याएर अपमानित गर्नेसम्म पुगेको छ । यो स्थिति निकै सोचनीय हो ।
प्रचण्डको नेतृत्वमा नेपालमा १० वर्षसम्म सशस्त्र युद्ध भएको हो । युद्ध सुरु हुादाका अवस्थामा नेपालको राजनीतिक प्रणाली राजतन्त्रात्मक थियो । १० वर्षे सशस्त्र युद्धले निर्माण गरेको जनसेनाकै आडमा भएको १९ दिने संयुक्त जानआन्दोलनले राजसंस्थालाई झुकाएर इतिहासको कठघरामा पुर्‍याउन सफल भएको हो भन्ने कुरा छर्लङ्गै छ । तत्कालीन राजतन्त्रात्मक संसद्वादी राजनीतिमा पहिलो र दोस्रो दलको हैसियत बनाएका नेपाल कांग्रेस र नेकपा (एमाले) ले संविधानसभाको चुनावमा जाने सवालमा सहमति नजनाएका कारणबाट माओवादीको सशस्त्र युद्धले चर्को मोड लिएको हो । त्यसपछि नै तत्कालीन शाही नेपाली सेनाको व्यारेकमा माओवादीको आक्रमण भई घोषित रूपमै देश एक किसिमले गृहयुद्धमा रूपान्तरित भएको थियो । देशमा त्यो खालको हिंसात्मक द्वन्द्वको बीजारोपण गर्ने काम तत्कालीन संसद्वादी दलहरू खासगरी कांग्रेस र एमालेका नेताहरूको अकर्मण्यताकै कारणबाट भएको हो भन्ने कुरा छर्लङ्ग छ । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि भनेर सुरु भएको सशस्त्र युद्धका दौरानमा भएका हिंसात्मक कारबाहीहरू युद्धरत पक्षहरूबाट शालीन र भद्र हुनुपर्दथ्यो भन्ने आशा गर्नु मूर्खता हो । युद्धकाल कहिल्यै र कतै पनि दयालु हुादैन र भएको पनि पाइादैन । त्यसैले युद्धकालमा भएका कुनै पनि काम कारबाहीहरू राजनीतिक र न्यायिक हुनसक्ने कुरा हुादैन । त्यसैले नै युद्ध हुने स्थिति आउन नदिनु सबैभन्दा उत्तम बाटो हो ।

नेपालमा भएका कुनै पनि सशस्त्र द्वन्द्वहरू, चाहे ती कांग्रेसले गरेको होस् वा तत्कालीन झापा विद्रोहकालमा भएको नै किन नहोस्, ती द्वन्द्वहरू पनि निर्मम नै थिए । ती द्वन्द्वहरूमा भएका कारबाहीका आधारमा कसैलाई दोषी बनाएर कारबाही गरिएको वा कतै पक्राउ गरिएको छैन । केवल माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकाल नै किन निसानामा परेको छ ? यो प्रश्नको उत्तर नेपाली मिडियाले अन्तर्राष्ट्रिय समुदायसाग खोज्नु पर्दथ्यो ।
युद्धकालमा भएका गतिविधिहरूको छानबिन गर्न र मेलमिलापको वातावरण बनाउन देशभित्रै प्रयास भइरहेको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगको गठन र त्यसले थालेको काम नै यसको उदाहरण हो । नेपाली मिडियाले यसलाई महत्व दिएर देशभित्र मेलमिलापको वातावरण बनाउनतर्फ लाग्नु समयोचित हुन सक्दथ्यो । सत्य निरूपण भनेको सत्यको खोजी गर्ने हो । वास्तवमै सत्यको खोजी गर्ने हो भने युद्ध किन थालनी भएको हो भन्नेबारे सत्य निरूपण हुनुपर्दछ । युद्ध थालनी किन भएको हो भन्ने कारण थाहा नभएसम्म सत्य थाहा भएको मान्न सकिादैन । युद्ध हुनुको कारण थाहा भएपछि मात्र त्यसपछिका घटनाक्रमहरूलाई विश्लेषण गरिनुपर्छ । राज्य र युद्धरत पक्षबीचको द्वन्द्व नै युद्धको कारण हो । त्यो कारण नै सबै खालका घटनाहरूको निम्ति जिम्मेवार ठहर्दछ । नेपालमा युद्ध हुनुका पछाडि संसारका साम्राज्यवादी र विस्तारवादी मुलुकहरू मुख्य कारण हुन् । उनीहरूकै भरणपोषणमा हुर्किएका नेपाली दलालहरूका कारणबाट नेपालमा युद्धको वातावरण बनेको हो । आज जुन साम्राज्यवादी मुलुकहरूमा कथित मानव अधिकार हननका नाममा नेपालमा जारी शान्ति प्रक्रियालाई भड्काउने गतिविधि गर्न खोजिएको छ, त्यो सर्वथा निन्दनीय छ । यस्ता गतिविधिलाई नेपाली मिडियाले खबरदारी गर्नुको साटो उक्साउने काममा आत्मरति महसुस गरिरहेका छन् । यो दु:खद पक्ष हो । यसको दूरगामी प्रभाव देशमा फेरि युद्धको आमन्त्रण नै हुनेछ भन्ने सवालमा सचेतता आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here