बलात्कारमा पर्नेलाई उल्टै सजाय !

174

जर्मनीमा एक मोडलले आफू बलात्कारमा परेको भनेर अदालतमा मुद्दा दायर गर्दा उल्टै आफौले सजाय भोग्नुपरेको छ । ती मोडल हुन्, जीला लोफिंक । उनले सन् २०१२ मा जर्मनिज नेक्स्ट टप मोडलको उम्मेदवार थिइन् । उनले दुई जनामाथि बलात्कारको आरोप लगाइन् तर अदालतले भने उनैमाथि झुटो आरोप लगाएको भन्दै मुद्दा चलाएको छ । बर्लिनको अदालतमा चलिरहेको मुद्दामा एक जना कथित बलात्कारीले लोफिंकको आरोप अस्वीकार गरे । परदिस एफका अनुसार उनी, लोफिंक र नाइटक्लवका कर्मचारी लेबास्टियान सीका बीच सहमतिमै सेक्स भएको थियो । यसविपरीत लोफिंगले दुवैमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनीहरूले सेक्स गरेको भिडियो देखाए पनि अदालतले बलात्कार भएको मानेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here