एचआइभी संक्रमितलाई ‘नाई नभन्नु ल ४’को सहयोग

254

काठमाडौं/ चलचित्र ‘नाई नभन्नु ल ४’को टिमले कीर्तिपुरमा रहेका एचआईभी पीडित बालबालिकाहरुलाई नगद १ लाख सहयोग गरेको छ । हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम किर्तिपुरमा रहेको बेबी लाइफ होमलाई गत शनिबार प्रदान गरेको छ ।
चलचित्रका निर्देशक विकास आचार्य, कलाकार विजय लामा, निर्देशक मुस्कान ढकाल, कलाकारहरु पल शाह, आाचल शर्मा, गायक हेमन्त शर्मा, गायक नरहरी प्रेमी, गायिका रजिन रिमालको टिमले एचआइभी संक्रमितलाई सहयोग गरेको हो । टिमले हङकङबाट उठेको नगद १ लाख बेबी लाइफलाई प्रदान गरेको छ ।
त्यस्तै, निर्देशक विकास आचार्यले आफ्नो तर्फबाट नगद २५ हजार सहयोग गरे भने रकमसागै निर्माणपक्षले बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा पनि उपलब्ध गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here