टाउकोमा ४० किलोको ढुंगा

137

चीनको जिलिन सहरमा ५४ वर्षका कोन्ग यान नामका व्यक्तिले आफ्नो टाउकोमा ४० किलोको ढुंगा बोकेर हिाडिरहन्छन् । टाउकोमा ढुंगा बोकेर हिंड्ने बानीकै कारण यिनको तस्वीर इन्टरनेटमा चर्चित बनिरहेको छ । आफ्नो दिनहुा सााघुराभन्दा सााघुरा गल्लीमा हिाड्नुपर्दा पनि टाउकोमा उक्त ४० किलोको ढुंगा बोकेर हिंड्ने गर्छन । टाउकोमा विना काममा ढुंगा बोकेर हिंड्नु उनको कुनै मानसिक अस्वस्थता भने होइन । उनी आफ्नो शरीरको तौल घटाउनका लागि टाउकोमा ढुंगा बोकेर हिंड्ने गरेका हुन् । आफूले तीन वर्षदेखि यसो गर्दै आएको र यसो गर्दा आफ्नो तौल ३० किलोसम्म घटेको उनको दाबी छ । त्यस्तो अभ्यास गर्नुअघि उनको जिउको तौल ११५ किलो थियो । जुन अहिले ८५ किलोमा झरेको छ । आफूले जिउको तन्दुरुस्तीका लागि टाउकोमा ढुंगा बोक्ने व्यायाम गरिरहेको भए पनि मानिसहरूले भने अचम्म मान्ने गरेको र आफूलाई गलत सम्झिने गरेको उनको गुनासो छ । तर आफूलाई यसले कुनै फरक नपार्ने भएकाले व्यायाम जारी राख्ने र गिनिज बुकमा नाम दर्ज गराउनका लागि प्रयास अघि बढाउने उनी बताउाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here