बहुप्रतिक्षित फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक

233

लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले सार्वजनिक गरेको हो ।

फिल्ममा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ । साया ९रेवती क्षेत्री० र अतित ९आशिष पिया० बीचको ुलभ जर्नीु मा ठोकिन पुग्ने सुस्मिता नम्रता सापकोटाले पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा साया र सुस्मितासँग अतितको बेडसिन हाबी छ ।

निर्देशक मुस्कान ढकालले यो फिल्म निर्देशन गरेका हुन् । शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानसविक्रम थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक ढकाल जनाउँछन् ।

माघ २५ बाट प्रदर्शनमा आउने फिल्ममा सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । लेखक तिमल्सेनाले पुस्तक पढ्दा पाठकको मन छोएको महत्वपूर्ण पाटोलाई मात्र फिल्ममा उतारिएको जनाए । उनले उक्त फिल्म सफल भए ुसायाु पुस्तकमा पनि फिल्म बन्ने जानकारी दिए । फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here