नेपालमा गाडीहरू उत्पादन गरेर निर्यात गर्न सकिन्छ

238

रेल, पानी जहाज चलाउने सरकारको प्रयास छ । त्यो आफ्नो ठाउँमा छ । तर, नेपालीले छिटो लाभ पाउनुपर्छ । रोजगारी पाउनु पर्छ । आफ्नै देशमा गाडीका ठूला उद्योग हुनुपर्छ । ठूला उद्योग भयो भने अर्थतन्त्र र रोजगारी बढ्छ । भारतमा सुजुकी कम्पनीले ११ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष लाखौँ मानिसले रोजगारी पाएका छन् । दुई तिहाईको स्थायी सरकार छ । तर, हामीसँग कुनै पनि दीर्घकालका लागि हुने उद्योग छैन । बरु गाडी बनाउने सुजुकी कम्पनीलाई ल्याएर उद्योग स्थापना गर्दा धेरै राम्रो हुन्छ । यो उद्योग स्थापना गर्न पाइयो भने मुलुकका लागि ठूलो उपलब्धी हुनेछ ।

अर्थमन्त्री खतिवडा आफै विज्ञ हुनुहुन्छ । म जापानको पक्षमा छैन । जापानले नेपालमा चलखेल चाहँदैन । नेपालमा चीन, भारत र अमेरिकाको स्वार्थ होला । तर, जापानले नेपालमा कुनै पनि स्वार्थ राख्छ जस्तो लाग्दैन । नेपालमा मोटरसाइकल किन्दा दुई लाखदेखि शुरु हुन्छ । नेपालमा सडक दुर्घटना धेरै हुने गरेको छ । राजधानीमा दैनिक पैतीस वटासम्म दुर्घटना हुने गरेका छन् । दुर्घटना घटाउनका लागि पनि स्वदेशमै सुरक्षित र सस्तो गाडी निर्माण गर्नुपर्छ । नेपालमा गाडी उद्योग भयो भने धेरै उपभोक्तालाई फाइदा हुनेछ । बाहिरबाट गाडी ल्याउँदा महँगो मूल्य पर्छ । नेपालमा उत्पादन हुने हो भने गाडीका मूल्य आधाभन्दा धेरै कम पर्नेछ ।

जापनिजहरूको काम गर्ने शैली फरक छ । जापनिजहरूले ३ प्रतिशत मुनाफा आफ्ना मजुरहरूलाई बाँडने गर्छन् । जापनिजहरूको उद्योग र कम्पनीमा आन्दोलन, हडताल भएको छैन । तलव बाहेक निश्चित प्रतिशत सेयर अनिवार्य रुपमा मजदुरहरूलाई सस्तोमा किन्न लगाइन्छ । त्यस्तो अवस्थामा मजदुरले आन्दोलन गर्दैनन् । जापनिज कम्पनीमा काम गर्नेहरूलाई आइएलओको मापदण्डभन्दा पनि धेरै राम्रो सुविधा दिइएको हुन्छ । भारतमा एउटा साधारण तल्लोस्तरको मजदुरले १७ हजार ९ सय ७५ रुपियाँ भारतीय पैसा तलव पाउँछ । नेपालमा पनि कर्पोरेट संस्कार शुरु हुनुपर्छ ।

निजी क्षेत्रले सुजुकी कम्पनीको गाडीको उद्योग बनाउन सक्दैन । नेपाल सरकारले नै सहमति गरेर सुजुकी कम्पनीको उद्योग स्थापना गर्नुपर्छ । नेपाली बजार सानो छ । तर, नेपालमा सुजुकीका गाडीहरू उत्पादन गरेर अन्य देशहरूमा निर्यात गर्न सकिन्छ । नेपालमा गाडी उत्पादन गरेर पठाउन सकिन्छ । त्यो अवस्था भयो व्यापार घाटालाई ब्यालेन्स गर्न सकिन्छ । व्यापार घाट घटाउन सकिन्छ । उद्योग बनाउन नेपाल सरकारको आत्मविश्वास चाहिन्छ ।

भारतमा साधारण कम्पनी ‘टाटा’ले विश्वसको सबैभन्दा सस्तो गाडी बनाइदियो । तर, ‘टाटा’लाई भन्दा पनि सुजुकीलाई भारतीय जनताले विश्वास गर्छन् । विश्वास गर्ने कम्पनी भनेको जापनिज कम्पनीहरूनै हुन् । नेपालीले सुजुकीको पाँचदेखि सात लाखसम्म गाडी चढ्न पाउँछन भने त्यसलाई राम्रो र सकारात्मक रुपमा लिन सकिन्छ । गाडीको नाम जे राख्दा पनि हुन्छ । नेपालमा पनि राम्रो भयो भने ब्राण्ड बेच्ने हो । हाम्रो देश ठूला उद्योग खोल्ने बाटोतिर लाग्नैपर्छ । ढिलो चाँडो उद्योग स्थापना गर्नुपर्छ । ठूला उद्योग स्थापनासँग विश्व बजारमा नेपालीहरूको शिर पनि उच्च हुनेछ ।

(कपिलवस्तु जिल्लाबाट तीन पटक प्रतिनिधि सभामा निर्वाचित भैसकेका सांसद शाह अर्थशास्त्री पनि हुन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here