काठमाडाैं । डेंगीका बिरामी बढेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमै ओपीडी सेवा सुरु गरिएको छ ।
आकस्मिक कक्षअगाडि नै ओपीडी सेवा सुरु गरिएको हो ।अस्पतालमा डेंगीको लक्षण भएर आएउनेको भिड लागेको छ ।
‘डेंगीलाई फोकस गरेर प्राङ्गणमै ओपीडी राखेका हौँ । इमर्जेन्सीमै बिरामी ढलिरहेका छन’, बिरामीको उपचारमा खटिएका डा. शेरबहादुर पुनले भने । इमर्जेन्सीमामा एउटा बेडमा दुई जना बिरामी राखेर उपचार हुँदैछ ।


















