अब प्रचण्डले ओलीका गल्ती सच्याउनुपर्छ

279

–निमकान्त पाण्डे–

अन्तत: प्रधानमन्त्री केपीओलीले आफूविरुद्धको अविश्वासको प्रस्तावमा मतदान नहुादै राजीनामा गरेर नयाा सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिएका छन् । संविधानमा नयाा सरकार गठनको व्यवस्था नभएकाले राष्ट्रपतिसमक्ष बाधाअधकाउ फुकाउन सिफारिश गरेर ओलीले नयाा सरकार गठनको बाटो पनि सहज गरिदिएका छन् । ओलीप्रति गरिएका तमाम आशंकाहरू गलतसिद्ध भएका छन् । अब केही दिनभित्रै नयाा प्रधानमन्त्रीका रूपमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाटो खुलेको छ । प्रचण्ड दोस्रोपटक देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहााले पहिलोपटक प्रधानमन्त्री भएका बखत काम गर्ने ढंग पुर्‍याउन सकिएन भन्दै यी पटक–पटक आत्मालोचना गर्दै आउनु भएको थियो ।
क.प्रचण्डले यसअघि आफू प्रधानमन्त्री भएका बेला काम गर्ने ढंग नपुगेको स्वीकार्दै पश्चाताप पनि व्यक्त गर्नु भएको थियो । अब प्रधानमन्त्री बनेपछि उहााले आत्मालोचना गर्नै नपर्ने गरी काम गर्न सक्नु पर्दछ । तर सत्ता सहयात्रामा रहेको नेपाली कांग्रेसले उहाालाई राम्रो काम गर्न दिने छैन भनेर आजै अनुमान गर्न सकिन्छ । परन्तु क.प्रचण्डले सत्तालाई भन्दा मुलुकलाई र नेपाली जनतालाई आग्रभागमा राखेर काम गर्न सक्नु पर्दछ । त्यसो गर्न सकियो भने प्रचण्डको लोकप्रियता ह्वात्तै बढेर जाने निश्चित छ ।

 
हुन त वर्गीय लडाइा लड्नका निम्ति नेपाली जनताका बीचबाट युद्धको कमाण्डिङ गरिरहादाका अवस्थामा पनि प्रचण्डले ठूला–ठूला गल्ती गर्नुभएको आफै स्वीकार गर्दै आउनु भएको हो । काम गर्दा गल्ती हुनु स्वाभाविक मान्न सकिन्छ, तर गल्ती दोहोरिइरहनुलाई ढंग नपुगेकै भन्नुपर्छ । युद्धकालमा अरुहरूले ढंग नपुर्‍याउादा पनि हजारौं निर्दोष मानिसहरूले ज्यान गुमाएका छन् । तर त्यसको अपजस प्रचण्डमा थोपरिएको छ । युद्धकालमा पत्नीका अगाडि पति काटिएका थिए, रुखमा बााधेर र झुण्ड्याएर निर्दोष मानिसहरू मारिएका थिए । त्यस्ता कुकृत्यहरू गर्न क.प्रचण्डले अवश्य पनि निर्देशन गर्नु भएको थिएन । तथापि आलोचना गर्नका लागि मात्रै भन्ने हो भने क.प्रचण्डले युद्धको कमाण्डिङ गर्न जानेका भए त्यस्ता जंगली व्यवहारहरू आङ्खनै कार्यकर्ताहरूबाट निश्चय पनि हुने थिएनन् भन्न सकिन्छ ।
गल्ती गर्ने पछुताउने अनि फेरि गल्ती गर्ने कामलाई निरन्तरता दिनु हुादैन । युद्धको अगुवाई गर्दा आङ्खनो राजनीतिक व्यक्तित्व कति उाचाइमा पुगेको थियो र आजको अवस्था के छ र किन यस्तो भइरहेको हो भनेर समीक्षा गर्नु पर्दछ । एमाले नेता केपी ओलीले आङ्खनो राजनीतिक व्यक्तित्व एउटा राजनेताका रूपमा स्थापित गर्न सफलता हासिल गर्नु भएको छ । राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ भएर उभिए पछि ओलीमाथि विगतको दागसमेत सफा भएको छ । महाकाली सन्धि गर्दा ओलीको व्यक्तित्व कति विवादित बनेको थियो र आजको अवस्था कस्तो छ ? यही दृष्टान्तलाई नै ध्यान पुर्‍याइयो भने गल्ती गर्नबाट बच्न सकिने र युद्धकालको भन्दा पनि थप लोकप्रिय बन्ने अवसर क.प्रचण्डलाई प्राप्त भएको छ ।
ओली नेतृत्वको सरकारले परनिर्भरताको अन्त्यका लागि गरेका सबै कामहरूको जस आफूले नै लिन सफल भएका छन् । माओवादी सम्मिलित सरकारले गरेका कामको स्वामित्व माओवादीले लिन नजान्दा नै यस्तो स्थिति आएको हो । देशभक्ति छवि नै जनतामा लोकप्रिय बन्ने आधार हो भन्ने कुरा केपी ओली उदाहरणीय व्यक्तित्व बनेका छन् । परन्तु यिनै ओलीले महाकाली सन्धिमा निर्वाह गरेको भूमिका राष्ट्रघाती थियो भन्ने कुरा स्वयं प्रचण्डले दसौंपटक भन्दै आउनु भएको हो । ओलीबाट मुख्य भूमिका निर्वाह गरी गरिएको महाकाली सन्धिमा महाकाली परियोजनाबाट भारतले ९० प्रतिशत पानी उपभोग गर्नेछ भने नेपालले १० प्रतिशत मात्र । यस्तो असमान सन्धिलाई कसरी समान भन्न सकिन्छ ? नेपालको भागमा पर्ने बााकी ४० प्रतिसत पानी उपभोग गरेवापतमा भारतले नेपाललाई केही पनि दिनु नपर्ने गरी भएको महाकाली सन्धि नेपालको इतिहासमा कलंकित राष्ट्रघाती सन्धिका रूपमा स्थापित भएको छ । यो सन्धि गर्ने कुनै पनि जिम्मेवार व्यक्तिहरूलाई नेपालको इतिहास लेख्नेले अवश्य पनि प्रशंसाका शब्द खर्च गर्न आवश्यक ठान्ने छैनन् ।
क.प्रचण्डले आफूलाई असमान सन्धि सम्झौताहरूको विपक्षमा प्रस्तुत गरेर केपी ओलीलगायतको एमाले नेतृत्व र नेपाली कांग्रेस समेतले महाकाली सन्धिमा गरेको राष्ट्रघातलाई समेत सच्याउने साहस देखाउन सक्नु पर्दछ । त्यसैगरी विगतकालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपालको अत्यन्तै महत्वपूर्ण जलसम्पदाका रूपमा रहेको माथिल्लो कर्णाली भारतीय कम्पनी जिएमआरलाई किन दियो ? विश्व बैंकले ४ हजार १ सय ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने भनी सर्वे रिपोर्टसमेत पेश गरेको माथिल्लो कर्णालीवाट ९ सय मेगावाट मात्र उत्पादन गर्ने गरी माथिल्लो तट र तल्लो तटमा नेपालले कुनै काम गर्न नपाउने शर्तमा समेत सहमति जनाएर राष्ट्रघाती सम्झौता गरिएको छ । नेपाल आफैले निर्माण गर्नुपर्ने यस्तो सस्तो र बहुपयोगी परियोजना भारतीय कम्पनीलाई जिम्मा लगाउनु गम्भीर खालको राष्ट्रघात हो । यस्तो निष्कर्ष क.प्रचण्डले लिन सक्नु पर्दछ । भारतसित कुटनीतिक चातुर्यता प्रदर्शन गरी नेपालको राजनीतिक इतिहासमा अलौकिक देशभक्त राजनेता बन्न सक्नु पर्दछ ।
देश दुर्घटनाको संघारमा छ । अरुको आलोचना सुन्न नसक्ने र कसैका सुझावलाई वास्तै नगर्ने प्रवृत्ति क.प्रचण्डले विगतमा अवलम्बन गर्नु भएकै कारणबाट आज एकातिर माओवादीधार आधा दर्जन टुक्रामा विभाजित भएको छ भने क.प्रचण्डको शक्ति कमजोर बन्न पुगेको छ । राष्ट्रवादलाई फरक रूपमा अथ्र्याउन खोजेर प्रगतिशील राष्ट्रवादको वकालत गर्दा दक्षिणतिरको छिमेकी मुलुक खुशी हुनु स्वाभाविक हो । परन्तु देशको अहितमा हुने सन्धि सम्झौतालाई प्रगतिशील राष्ट्रवाद भनेर जतिसुकै बलपूर्वक अर्थ लगाउन खोजे पनि जनताले त्यसलाई विश्वास गर्न सक्दैनन् भन्ने कुरा व्यवहारबाट पुष्टि भइसकेको छ । केपी ओलीले आर्जन गरेको राजनीतिक उाचाइ देशको हितमा गर्न खोजेको सन्धि सम्झौताकै परिणाम हो भन्ने कुरा छर्लङ छ । आफूलाई सनक चल्यो भने छिमेकी देशका विरुद्ध सुरुङ युद्धको घोषणा गर्ने अनि त्यही देशको गुणगान गाउादा र त्यही देशको हितमा सन्धि सम्झौता गर्दा ‘प्रगतिशील राष्ट्रवाद’ यही हो भनेर जलसम्पदा जति सुम्पिने प्रवृत्तिलाई ढंग पुगेको भन्न सकिने छैन ।
युद्धकालमा भारतसित सुरुङ युद्धको घोषणा गर्नु नै गलत थियो । भारतले नाकाबन्दी गरी दिने हो भने दैनिक उपभोग्य वस्तुहरूको समेत हाहाकार व्यहोर्नुपर्ने देशको भौगोलिक अवस्था कस्तो छ भन्नेतर्फ विवेक नपुर्‍याएर सुरुङ युद्धको घोषणा गरेकै कारण पछि त्यही भारतसित ‘हजुरका विरुद्धमा हजुरलाई आघात हुने कुनै काम गर्ने छैनौं’ भनेर कबुलियतनामा लेखेर बुझाउनु परेको घटनाबाट पाठ सिक्नु पर्दछ । केपी ओली सत्ताच्यूत भएपछि भारतमा खुशियाली छाएको छ र प्रचण्ड नेपालका नयाा प्रधानमन्त्री बन्दैछन् भनेर थप खुशियाली भारतीय सञ्चारमाध्यमहरूमा चर्चित बन्नु क.प्रचण्डको देशभक्ति व्यक्तित्वमाथि ठूलो र गम्भीर चुनौती हो । हरेक चुनौतीहरूका विरुद्ध ढंग पुर्‍याएर काम गर्नु पर्दछ । क.प्रचण्डले ढंग नपुर्‍याएकै कारण लाखौंलाख विदेशीहरूले नेपाली नागरिकता पाए । यो जघन्य गल्तीलाई क.प्रचण्डले नै सच्याउने प्रयास गर्नु पर्दछ । विदेशीलाई नागरिकता दिलाउनु र विदेशीकै मात्र हित हुने गरी नदीहरू हस्तान्तरण गर्ने कामलाई ‘प्रगतिशील राष्ट्रवाद’ भनेर आङ्खना कार्यकर्ताहरूलाई मूर्ख बनाउनु हुादैन ।
हाम्रो जस्तो सानो भूभाग भएको मुलुकमा खुला सिमाना र विशाल भूभाग भएको छिमेकी देशका नागरिकलाई नागरिकता वितरण गरेर जनसंख्या वृद्धि गराउने काममा क.प्रचण्ड मतियार बन्नु भएकै हो । खुला सिमाना भएका कारणबाट विशाल भारतको जनसागर नेपालको रमणीय प्राकृतिक सुन्दरताप्रति आकर्षित भएर विभिन्न व्यवसायहरू गरेर नेपालमै बसोबास गर्नु सामान्य कुरा हो । त्यसरी बसोबास गरेका सबैलाई नेपाली नागरिकता दिने सहमति जनाउनुलाई राष्ट्रघात नै भन्नु पर्दछ । धेरै सन्तान जन्माउने दम्पत्तिलाई जसरी ढंग नपुर्‍याएको भन्न सकिएला त्यो भन्दा पनि ढंग नपुर्‍याएको काम नागरिकता प्रकरण हो ।
नयाा जिम्मेवारी थपिंदैछ, पुरानाका कामहरू भताभुङ्ग भएका छन् । परनिर्भरताको अन्त्यका लागि केपी ओलीले गरेका ऐतिहासिक सन्धि सम्झौताहरूको कार्यान्वयन हुन सकेनन् भने त्यसको अपजस पाउने चुनौती पनि छ । दक्षिणतिरको छिमेकी मुलुककै स्वार्थ प्रेरित तराई मधेसका अस्वाभाविक मागहरूलाई सम्बोधन कसरी गर्ने भन्ने अर्काे समस्या पनि रहेकै छ । यस्तो विषम परिस्थितिमा भारतको विश्वास लिएर काम गर्नुपर्दा नेपालको हिततर्फ ध्यान पुर्‍याइएन भने इतिहासमै कलंकित बन्नुपर्ने खतरालाई ध्यान दिनु आवश्यक छ । शुभेच्छुकले शुभेच्छा व्यक्त गर्ने हो, क.प्रचण्ड बााकी तपाईकै मर्जी !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here