थाइल्याण्डमा एउटा रुखमा महिलाकै जिउजस्तै फल फलेको घटना सार्वजनिक भएको छ । सोसल मिडियामा यस्तो अनौठो फल फलेको भिडियो भाइरल बनिरहेको छ । यसलाई कतिपयले बौद्धधर्मको पवित्र न्यारिफनको फल रहेको दावी गरेका छन् । थाइल्याण्डमा परम्परागत मान्यताअनुसार भगवानले हिमाफन नामको जंगलबाट यो रुख ल्याएका हुन् । थाइल्याण्डको बैंकक नजिकैको सिंगुरी मन्दिर आसपास यस्ता केही रुख रहेको जनाइन्छ । उक्त फलको आकारका कारण उक्त फलका बारेमा व्यापक बहस समेत सुरु भएको जनाइन्छ ।


















