टंक कार्की, चीनका लागि पूर्वराजदूत
तपाई त चीनमा नेपाली राजदूत बनेर बस्नु भएको मान्छे हो, नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भारत खुलेरै लागेको छ, तर चीनले नेपालमा सरकार परिवर्तनबारे आन्तरिक मामिला हो भनेर बोल्यो नि ?
सरकार परिवर्तन हुने प्रक्रियाहरू सुरु भइसकेको छ । यसका बारेमा टिकाटिप्पणीहरू यत्रतत्र भइरहेका छन् । त्यसको सन्दर्भमा चीनले आफ्नो पोजिसन राखेको हो । चीन अरु छिमेकी देशहरूको आन्तरिक मामिलामा बोल्ने गरेको पाइदैन, यसपटक नेपालको हकमा पनि यस्तै भएको हो भन्ने मलाई लाग्छ ।
चीनले आफ्नो पोजिसन राखिरहादा, चीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिन चाहन्थ्यो, तर त्यसमा ऊ सफल भएन नि हैन र ?
कुनै पनि पक्षको सरकार रहोस् या नरहोस् चीनको चासो यो होइन भन्ने मलाई लाग्छ । मेरो बुझाइमा चीनको चासो त के हो भने नेपाल र चीनबीच भएका जुन सम्बन्ध छन्, ती सम्बन्धहरूले निरन्तरता पाऊन् भन्ने नै हो । चीन कम्तिमा नेपाल र चीनबीच दौत्य–सम्बन्ध स्थापना भएयताका वर्षहरूलाई जसले नजिकबाट हेरिरहेका छन् तिनीहरूले के देख्ने छन् भने चीन हाम्रो नेपालको आन्तरिक मामिलामा सरिक हुादैन ।
पछिल्लो समय त चीनको पहुाच र प्रभाव त नेपाली राजनीतिमा बढेको देखियो नि त ?
शंकै छैन । आजको चीन भनेको हिजो चीन होइन । यसका आर्थिक प्रभावहरू बढेका होलान्, आजको विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । त्यसकारण यसमा राजनीतिक आर्थिक प्रभावहरू होलान् । तर मूलपक्ष के हो भने चीनले आफ्नो हैसियतको प्रयोग गर्दैरहादाखेरि अन्य मुलुकमा हस्तक्षेप गर्ने मान्यताहरू जस्तो मध्यपूर्वका देशहरू होस् वा आफ्ना छिमेकी मुलुकहरू होस् ऊ त्यसमा सरिक भएको देखिादैन ।
तर चीनले यसपटक त नेपालको सरकार परिवर्तनमा पनि आफ्नो दख्खल राख्यो नि त ?
चीनले केपीको पक्षमा र प्रचण्डको विपक्षमा उभिने दृष्टिकोण राखेको जस्तो मलाई लाग्दैन । ऊ निष्पक्ष बसेको छ ।
उसो भए चीन नेपालको राजनीतिमा चासो नै राख्दैन वा उसको कुनै स्वार्थ नै छैन भन्दा हुन्छ ?
नेपालको जुन किसिमको भूराजनीतिक अवस्था छ, त्यसको संवेदनशीलतालाई चिनियाा पक्षले राम्रोसाग बुझ्दछन् । उनीहरूले बारबार भनेका छन् कि नेपालमा राजनीतिक स्थिरता वा अस्थिरता हुनुले यो क्षेत्रको शान्तिक्षेत्रमा प्रभाव पार्छ । यथार्थमा नेपालको भूराजनीतिक अवस्थाले नेपाललाई एशियाली मुलुकमा महत्वपूर्ण मानिन्छ । यो मान्यता छिमेकी देशहरू चीन र भारत मात्र होइन संसारकै ठूला मुलुकहरूले मान्यता राख्दछन् ।
चीनले नेपालसागको सहकार्यमा प्रतिबद्ध छौं भन्न बाध्य भएको हो ?
पूर्ववत: आफ्नो पोजिसनलाई उसले पुनर्पुष्टि गरेको मात्रै हो ।
उसो भए प्रचण्डको नेतृत्वमा बन्ने नयाा सरकारलाई चीनले सहयोग गर्छ त ?
भारतीय मिडियामा आएका जस्ता कुराहरू भएनन्, खासगरी चीनसागको सम्बन्धमा प्रतिकूल असर पार्ने काम भएनन् भने चीनले नेपाललाई गर्ने सहायता र दुई देशबीचको सम्बन्ध र सहकार्यमा कुनै असर पर्लाजस्तो मलाई लाग्दैन । चीन नेपालको अहितमा कहिल्यै पनि नसोच्ने छिमेकी मुलुक हो । उसले सकेसम्म नेपालका हितमा काम गर्न तत्परता देखाउादैनै आएको छ । यहाा सरकार परिवर्तन हुादैमा मात्र चीनले नेपाल नीतिमै परिवर्तन गर्ला भन्ने मलाई लाग्दैन ।
चिनियाा राष्ट्रपति सी नेपाल आउने सम्भावना कत्तिको छ ?
त्यो त नेपालका राजनीतिक घट्नाक्रमले निर्धारण गर्ने कुरा हो जस्तो लाग्छ । जसको नेतृत्वको सरकार भए पनि नेपालले गरेका अन्तर्राष्ट्रिय सम्झौताहरू पालना गर्नुपर्छ त्यसो भयो भने मात्रै विश्वास गर्ने ठाउा हुन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा भनेकोजस्तो अब चीनसागको सम्झौताहरू पनि निरन्तरता हुन्छन् नै भन्नेमा मलाई विश्वास छ ।
ओली नेतृत्वको सरकारले गरेका काठमाडौं–तराई जोड्ने द्रूतमार्ग निर्माण र चीनबाट नेपालसम्म रेलसेवा विस्तार गर्ने योजनाहरू अब नयाा सरकारले निरन्तरता देला भन्ने लाग्छ तपाईलाई ?
ओली सरकारले गरेका कामहरू उल्टाउने अधिकार नयाा सरकारलाई रहादैन । उल्टाउने काम गरियो त्यो जति मूर्खतापूर्ण अरु केही हुने छैन । जहाासम्म मलाई लाग्छ नेपालले आफै निर्माण गर्ने भनेका ओली नेतृत्वको सरकारको प्राथमिकतामा परेका राष्ट्रिय महत्वका योजनाहरू नयाा सरकारले तत्काल कार्यान्वयन नगरेर थन्क्याउनसम्म सक्ला । तर उल्टाउन अथवा नेपाल आफैले गर्ने भनेको काम विदेशी कम्पनीलाई दिन नयाा सरकारले सक्दैन र पाउादैन पनि ।
द्रूतमार्ग निर्माणको काम विदेशलाई नै दिने निर्णय नयाा सरकारले नगर्ला त ? तपाईलाई विश्वास छ ?
नगर्नुपर्छ भन्ने मेरो मान्यता हो । द्रूत मार्ग निर्माणको जिम्मा यदि विदेशीलाई दिइयो भने नेपाली जनताले राष्ट्रिय हितमा काम नगर्ने सरकारलाई टिक्न दिने छैनन् ।
– प्रस्तुति ऋषि धमला

















