डेनमार्कमा ‘नेपथ्य’को भव्य कन्सर्ट

257

नेपथ्य चर्चित व्याण्ड हो उसले धेरै ठाउामा कार्यक्रम गरेर आफ्नो छाप छोडेको छ । नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले डेनमार्कको राजधानी कोपेनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । आमाबियो हलमा मंगलबार भएको कार्यक्रममा दर्शकले यो ब्याण्डलाई अन्तिम समयसम्म साथ दिएका थिए । डेनमार्कमा बसोबास गर्दै आएका नेपालीदेखि डेनमार्कीवासी पनि यो कन्सर्टमा सहभागी भए ।

ब्याण्डको प्रस्तुती हेरेका दर्शकले सकारात्मक उर्जाको प्रवाहा भएको बताए । आइएनएसले आयोजना गरेको कन्सर्टमा दर्शकको उपस्थिति देखेर आयोजक दंग परेको थियो । ब्यान्डका गायक अमृत गुरुङले नेपालको राजनीतिक नेतृत्वलाई ढिला हुनुभन्दा पहिले नै केही गरिहाल्न सचेत गराएका थिए । उनले भने ‘विश्वका महत्वपूर्ण स्थानमा पढेलेखेका र संसार देखेका तन्नेरीहरू जाग्नुभन्दा पहिले नै म हाम्रा नेताहरूलाई सकारात्मक पाइला चाल्न अनुरोध गर्दछु ।’
कार्यक्रममा ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका गीतहरू प्रस्तुत गरिएको थियो । यो कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, गितारमा निरज, मादलमा शान्ती र वेस गितारमा सुविनले साथ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here