अस्पतालमै विचित्रको घटना, नेर्सले साटिदियो ५ हजार शिशु

176

एजेन्सी / अस्पतालमा जन्मिएका नवजात शिशुहरु अस्पतालको कमजोर व्यवस्थापनका कारण फरक-फरक आमाको जिम्मा लगाइएका घटना त बेला बेलामा सुनिएकै हो । यस्तो साटफेर अन्जानमा हुनसक्छ । तर एकजना नर्सले भने अन्जानमा होइन जानी जानी अस्पतालमा जन्मिने नवजात शिशुहरु साटेफेर गर्ने गरेको खुलासा भएको छ । एक दुई होइन, उनले ५ हजार बच्चा यसरी साटिदिएको खुलासा भएको हो ।

अफ्रिकी मुलुक जाम्बियाकी अवकासप्राप्त नर्स एलिजाबेथ ब्वायवाले आफ्नो कार्यकालमा अस्पातालको मेटेरनरी वार्डमा बच्चाहरु साटिदिने गरेको खुलासा गरेकी छिन् । अन्तिम अवस्थाको क्यान्सरबाट पीडित ती महिलाले आफ्नो आत्मकथामा यस्तो खुलासा गरेकी हुन् ।

१२ वर्षसम्म जाम्बियाको युनिभर्सिटी शिक्षण अस्पतालमा नर्सको रुपमा काम गरेकी ती महिलाले अरु कुनै स्वार्थ नभै रमाइलोका लागि आफूले त्यसरी अस्पतालमा नवजात शिशुहरु साटिदिने गरेको जिकिर गरेकी छन् ।

सन् १९८३ देखि १९९५ बीचको समयमा उक्त अस्पतालमा जन्मिएका शिशुहरु आफूले साटिदिएको उनको भनाइ छ । यस प्रकार उक्त अवधिमा सो अस्पतालमा जन्मिएका शिशुहरुले आफ्नो वास्तविक आमाबुवासँग रहन पाएनन् जीवनभरका लागि । उनीहरुले अरु कसैलाई नै आफ्नो आमाबुवा मान्नु परिरहेको छ ।

आफू नर्कमा जान नचाहेकोले जीवनको अन्तिम समयमा आफ्नो त्यो पापको प्रायश्चित गर्न चाहेको उनको भनाइ छ । ती भूपू नर्सको उक्त कर्तूतको खुलासा भएपछि जाम्बियामा ठूलै तरंग फैलिएको छ । तर उक्त अस्पतालले भने आफूकहाँ ती महिलाले कहिल्यैपनि काम नगरेको दाबी गरेको छ । ती महिलाले झुटो कथा बुनिरहेको अस्पतालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here