सकारात्मक बाटोमा नयाा सरकार

238

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार निर्माण हुादै गर्दा नयाा सरकारको काम कर्तव्य र भूमिकाका विषयमा विभिन्न अनुमान र आशंकाहरू उत्पन्न भइरहेका थिए । विशेषगरी राष्ट्रियताका मामिलामा लिएको अडानका कारण ‘हाईहाइर्’ बनेका निवर्तमान प्रधानमन्त्री ओलीका सामु नयाा सरकार निर्माण र नयाा सरकारले चाल्ने कदमका विषयमा अनुमान र आशंका उत्पन्न हुनु स्वभाविक नै थियो । आशंका र अनुमानको बीचबाट जन्मिएको सरकारले त्यसलाई चिर्दै अघि बढ्नु अर्काे चुनौती छ । तर सरकार निर्माणको छोटो समयमा नयाा सरकारले गरिरहेका केही निर्णयहरूले नयाा आशाको सञ्चार गराउन थालेको छ ।
निवर्तमान प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हाल्दै गर्दा भनेका थिए, ‘मसाग छोटो समय छ तर यो छोटो समयको सक्दो सदुपयोग गर्दै देश र जनताको पक्षमा काम गर्ने छु ।’ उनले आफ्नो कमजोर अवस्थालाई संकेत गर्दै यस्तो भनेका थिए । उनले आफूले गरेका कामका कारण राम्रै चर्चा पनि कमाए । तर संयोग नै भन्नुपर्छ नयाा सरकारको नेतृत्व गरेका प्रचण्डले समेत आफूसाग निकै कम समय रहेको र यो समयमा जनताले सधंैभर सम्झिरहने उदाहरणीय काम गर्ने जनाएका छन् । तर उनको यो भनाईले उनीसाग रहेको सरकारको आयुलाई संकेत गरेको छ । अर्थात सामान्य अवस्था रहेमा उनी अबको झण्डै नौ महिनासम्म सरकार प्रमुखको रूपमा रहने छन् ।
प्रचण्डले सरकारको नेतृत्व सम्हाले लगत्तै उनले केही सकारात्मक काम सुरु गरेका छन् । जस्तै भूकम्प पिडितहरूलाई ४५ दिन भित्र राहत उपलब्ध गराउन सरकारी अधिकारीलाई निर्देशन दिनु, सउदी अरेबीया तथा श्रीलंका लगायतका मुलुकमा अलपत्र परेका नेपालीहरूलाई तत्काल उद्धारका लागि पहल सुरु गर्नु तथा सचिवहरूलाई बोलाएर देखिने गरेर परिणाम मुखी काम गर्न तथा नयाा योजनाहरू ल्याउन निर्देशन दिनु, बाढी पहिरोबाट पिडितहरूलाई सहयोग अघि बढाउनु तथा सरकारी अस्पतालमा आफ्नै औषधालय सञ्चालनको व्यवस्था गर्नु लगायतका निर्णय गर्नुले उनी जनताले प्रत्यक्ष महसुस गर्ने कामलाई बढी महत्व लिईरहेका छन् भन्ने पुष्टि हुन्छ । सरकारको नेतृत्वमा पुगेलगत्तै केही सकारात्मक कामको सुरु गरेका उनले यही गतिमा कामलाई अघि बढाएमा छोटो समयका बाबजुद उनले धेरै काम गर्न सक्ने अनुमान गर्न सकिन्छ ।
प्रचण्डसामु विपरीत धारको सहयात्री तथा विपक्षी पूर्व सहयात्रीलाई पनि रिझाएर अघि बढ्नुपर्ने अवस्था छ । जनतालाई प्रत्यक्ष फाईदा पुग्ने किसिमका कामहरूलाई प्राथमिकतामा राखेका प्रचण्डसाग केही राष्ट्रिय महत्वका आयोजनाहरूलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने अवस्था छ । एकातर्फ उनीमाथि अहिले पनि कतिपय आरोप लगाइएका छ भने सागै आशंका पनि त्यसमाथि उनी आफैं पनि ओली नेतृत्वको पूर्ववर्ती सरकारको भन्दा बढी लोकप्रियता हासिल गर्ने बाटोमा छन् । यस्तो अवस्थामा आन्तरिक विषयसागै छिमेकी मुलुकहरूसागको सम्बन्धलाई समदूरीमा राख्दै केही राष्ट्रिय महत्वका आयोजना तथा छिमेकी मुलुकसाग भएका सन्धिसम्झौतालाई पूर्णता दिनुपर्ने छ । पहिलो पाईलामै ओली सरकारमाथि लाग्दै आएको आन्तरिक विषयलाई प्राथमिकतामा नराखेको आरोपलाई उनले जतिसक्दो सम्बोधनको प्रयास गरिरहेका छन् । प्रचण्डको मूल्यांकन त्यतिबेला सही हुन्छ जुनबेला उनले अघिल्लो सरकारले अघि बढाएका महत्वपूर्ण काम कारबाहीलाई प्रभावकारी बनाउादै लाने तथा त्यसभन्दा अघि बढेर मुलुकको हितमा चाल्ने कदमले चाल्नुपर्दछ । तर त्यो दिशामा उनी कसरी अघि बढ्छन् भन्ने कुरा परीक्षणकै घडीमा रहेकाले अहिले नै उनले सबै ठीक गरिहेका छन् भनिहाल्ने अवस्था पनि छैन । तथापि बिहानीले दिनको संकेत गर्छ भनेजस्तै उनले सुरुमा गरेका कामले उनले भविष्यमा पनि दीर्घकालीन महत्वका कामलाई प्राथमिकतामा राख्छन् भन्ने आशा आम नेपालीमाझ जागेको छ । थप आशा गराौ उनले नेपाली जनताको आशालाई निराशामा बदल्ने छैनन् । यही बाटो नै उनको र समग्र मुलुकको हितमा हुनेछ । बााकी उनकै मर्जी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here