माओवादी केन्द्रको सारपक्ष र रूपपक्ष

301

हुकुमबहादुर सिंह

नेकपा माओवादी केन्द्र, जसलाई संक्षिप्तमा नेकपा माके भनिन्छ, जसको केन्द्रीय समिति अहिलेसम्म आइपुग्दा करिब पच्चीस सय भएको छ । रूपमा यसले अहिलेसम्म आफूलाई नेकपा माओवादी केन्द्र(माके) भनेको छ तर माके बनेपछि यो सारमा पुष्पकमल दाहालको एकछापे निर्णयभित्र हराएको छ । माकेका केही सदस्यहरू खासगरी केही बुद्धिजीवीहरू आफूलाई निकै सक्रियतापूर्वक संगठन र विचारमा लागेको भनेर प्रचार गरिरहेका छन् तर माकेको कुनै पनि निर्णय प्रक्रियाभित्र उनीहरू कुनै पनि अवस्थामा असंलग्न छैनन् । बैठक बस्ने गर्दछन्, बहस गर्छन्, छलफल गर्दछन्, त्यसबाट सधै एउटा मात्रै निर्णय गर्दछन्–‘यसवारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष कमरेडलाई दिइयो ।’

यसरी रूपमा नेकपा माओवादी केन्द पच्चीस सयको संख्यामा देखिएतापनि सारमा यो केबल पुष्पकमल दाहालको एकछापे निर्णयका लागि निर्णय गर्ने एउटा समिति सिवाय केही हुन सकेको छैन । माकेको बैठक बसेर अन्य दलसित वार्ता गर्ने, सरकार निर्माण गर्ने, मन्त्री तोक्नेआदि सबै निर्णय गर्ने जिम्मा उक्त पार्टीका अध्यक्षलाई दिने गरिन्छ । नेकपा(क्रान्तिकारी माओवादी) बाट प्रवेश गरेका रामबहादुर थापाहरू होउन् वा नेकपा एकता केन्द्रबाट आएका नारायणकाजीहरू, ती सबै माकेको केन्द्रीय समितिमा छन् तर तिनीहरूको अस्तित्व सांगठनिक वा वैचारिक रूपमा केबल पार्टी अध्यक्षलाई एकल नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारीबाहेक अरु छैन । यसो गरेर उनीहरूले माक्र्सवादी लेनिनवादी संगठनात्मक सिद्धान्तको बर्खिलाप मात्रै गरिरहेका छैनन् सारमा समग्र माओवादी आन्दोलनलाई नै ध्वस्त बनाउने काम गरिरहेका छन् । सिद्धान्त, विचार, कार्यशैली र निर्णय प्रक्रिया आदि सबै मालेमावादी विरुद्ध लक्षित हुने केबल नाममात्रै माओवादी केन्द्र राख्दैमा के त्यो सही मानेमा नेपालका समग्र माओवादीहरूको केन्द्र भन्न मिल्दछ ?
नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट रामबहादुर थापाको नेतृत्वमा माओवादीहरूको एउटा बलियो संख्यासहित एमाओवादीमा प्रवेश गरेलगत्तै त्यो पार्टी माओवादी केन्द्र(माके) मात्रै बनेन, त्यो एउटा हजारीलालको पार्टी बन्यो भनेर स्वयम् सोही पार्टीका नेताहरूले भन्न थाले । अब त त्यो हजार जनाको पार्टी नभएर अढाइ हजारको पार्टी बनेको छ । अब त्यसको नाम के होला, उक्त कमरेड जसले हजार जना केन्द्रीय समिति सदस्य हुादा उक्त हजारीलालको पार्टी भनेका थिए अब के भन्ने हो, स्वयम् उनी नै अन्यौलमा भएजस्तो छ, उनलाई शंका भयो होला यसको नामाकरण गर्न हतार नगरौ किनभने यो पच्चीस सयभन्दा पनि अझै माथि जाने सम्भावना छ ।

नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट रामबहादुर थापाको नेतृत्वमा एमाओवादीमा प्रवेश गरेलगत्तै त्यो पार्टी माओवादी केन्द्र(माके) मात्रै बनेन, नेकपा एमालेसितको सत्ता गठवन्धनलाई तोडेर नेपाली कांग्रेससित नयाा सत्ता गठबन्धनको सुरुवात गर्न पुग्यो । यसले के स्पष्ट बनाएको छ भने नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट एमाओवादीलाई रूपान्तरण गरेर नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिने, माओवादी कार्यकर्ता तथा नेताहरूको आर्थिक तथा सामाजिक व्यवस्थापन गर्ने(हातमुख जोर्ने समस्याको समाधान गर्ने)आदि उद्येश्य राखेर एमाओवादीमा प्रवेश गरेका थापा, गुरुङलगायत कमरेडहरूको हातमुख जोर्ने समस्याको समाधान त भए होला तर पुष्पकमल दाहालको नेतृत्वको एमाओवादीलाई रूपान्तरण गरेर नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिने कुरा गर्दै नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट रामबहादुर थापाको नेतृत्वमा एमाओवादीमा प्रवेशका कमरेडहरू कता हराए बत्ति वालेर खोज्ने अवस्था आएको छ किनभने उनीहरूले नेकपा(क्रान्तिकारी माओवादी)भित्रका देशभक्त क्रान्तिकारीहरूलाई भ्रम पार्न भनेका थिए– ‘पुष्पकमल दाहालको नेतृत्वको एमाओवादीलाई रूपान्तरण गरेर नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिने ।’ तर त्यसको विपरीत सारमा त एमालेसितको वामपन्थी गठवन्धनलाई तोडेर उनीहरूले भन्दै आएको दलाल पुाजिपति तथा नोकरशाहा वर्गको पार्टी नेपाली कांग्रेससित सत्ता गठवन्धन गर्नका लागि क्याटलाइटिक एजेण्टको रूपमा काम गर्न पो सफल भए । वधाइ छ कमरेडहरू, जसले नेकपा(क्रान्तिकारी माओवादी) लाई विभाजन गर्न ‘ हिजोको मिलेरावाद आजको माक्र्सवाद’ भनेर व्यख्या गरेका थिए, त्यसको कार्यान्वयनमा सफलता मिलेको छ किनभने थापाको त्यही सैद्धान्तिक धरातलमा टेकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजोको दलाल पुाजिपति तथा नोकरशाहा वर्गको पार्टी नेपाली कांग्रेससित मिलेर सरकार बनाएका छन् । नेपाली कांग्रेस दिल्लीको मित्र हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका छन् ‘मलाई दिल्लीले विगतमा दण्ड दिएता पनि अहिले पुरस्कृत गरेको छ ।’

‘विदेशी प्रभुका अगाडि म झुक्दिन, बरु प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु’ भन्दै राजीनामा दिने प्रचण्डसित लाल गद्दार भन्दै पार्टी विभाजन गर्ने थापाहरू अहिले मलाई दिल्लीले विगतमा दण्ड दिएता पनि अहिले पुरस्कृत गरेको छ भन्ने पुष्पकमल दाहाललाई क्रान्तिकारी देख्ने उनीहरूको रूप र सार के रहेछ यसले स्पष्ट बनाउन मद्यत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here