काठमाडौ/ मुलुकभरका
नेवा: पत्रकारहरूको राष्ट्रिय संगठन नेवा: पत्रकार राष्ट्रिय दबुले नवनियुक्त सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई मंगलबार सिंहदरबारमा भेटेर शुभकामना व्यक्त गर्यो । सञ्चारमन्त्रीसागको भेटमा दबुले सञ्चारसम्बद्ध संघसंस्थालाई दिादै आएको अनुदान समानुपातिक र न्यायोचित रूपमा वितरण गर्नुपर्नेलगायतका महत्वपूर्ण माग अघि सारेको छ । दबुले दक्ष पत्रकार उत्पादन गर्न, पत्रकारलाई थप दक्ष बनाउन तथा समावेशी र समग्र पत्रकारिताको विकासका लागि क्रियाशील भइरहेको अवस्थालाई ध्यानमा राखी न्यायोचित अनुदान दिनुपर्ने लगायत माग राखेको छ । त्यसैगरी श्रमजिवी पत्रकारको हकहितका लागि श्रमजिवी पत्रकार ऐन प्रभावकारी रूपमा लागु गर्नुुपर्ने लगायतका माग पनि राखेका छन् । दबुसागको भेटपश्चात मन्त्री कार्कीले नेपाली भाषाबाहेक अन्य राष्ट्रिय भाषालाई उत्थान गर्दै लैजानुपर्ने विचार व्यक्त गरेका थिए । उनले प्रत्येक समुदायको मातृभाषालाई जगेर्ना गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
भेटमा दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले प्रेस काउन्सिल नेपाल, सूचना विभाग अन्तर्गतका समिति, न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय आमसञ्चार प्रतिष्ठान आदिको संरचनालाई पूर्ण समावेशी बनाइनुपर्ने जनाए । कार्यक्रममा दबूका उपाध्यक्षहरू सुरजवीर बज्राचार्य, मिरा अमात्य, टिका प्रधान, महासचिव सुनिल महर्जन, कोषाध्यक्ष सुरेन्ऽभक्त श्रेष्ठ, केन्द्रीय सदस्य रचना श्रेष्ठ, विभागका सदस्यहरू राज्यलक्ष्मी शाक्य, रुवि श्रेष्ठ, रत्न श्रेष्ठ, सुरेश सैंजु, सागर महर्जन, विकास महर्जन, रामराज बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।


















