काठमाडौं/ हास्य कलाकार दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’ले देशभरिका हलहरूमा सानदार प्रदर्शन गरेको छ ।

सो चलचित्र भदौ २४ गतेबाट प्रदर्शनमा आएको थियो । चलचित्रले आफ्नो प्रदर्शनको तीन दिनमा करिब दुई करोड रूपैयााको व्यापार गरेको निर्माणपक्षले जनाएको छ । २ हिन्दी चलचित्र ‘बार बार देखो र फिक्री अली’ नेपाली चलचित्रको अगाडि कमजोर देखिएका छन् । राम्रो चलचित्र बनाएको खण्डमा दर्शकले आफ्नै देशको चलचित्रलाई रुचाउाछन् भन्ने ‘छक्का पन्जा’ले पुष्टी गरेको छ ।

शुक्रबार सुखद ओपनिङ गरेको यो चलचित्रले शनिबार भने आक्रामक व्यापार गर्‍यो । काठमाडौंको गोपिकृष्ण हलमा २ बजेको शोमा ६ वटा हल हाउसफूल बनेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । काठमाडौंको अष्टनारायण हलमा पनि दर्शकको चाप उस्तै थियो । काठमाडौं बाहिरका पोखरा, चितवन, हेटौंडा, धरान, इटहरी, विर्तामोड, दमकमा समेत दर्शकको चाप उच्च देखियो ।

शनिबार चलचित्रका कलाकार हल–हलमा पुगेका थिए । निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, नायिका प्रियंका कार्की हल–हलमा पुगेका थिए ।

नेपाली चलचित्र हेर्न दर्शक हलसम्म नपुगेको अवस्थामा ‘छक्का पन्जा’को व्यापारले फेरि चलचित्र क्षेत्रलाई गति दिएको छ । योसागै दीपक र दीपाको जोडी निर्माणमा ह्याट्रिक गर्न सफल पनि भएको छ ।

चलचित्रमा वैदेशिक रोजगारीका कारण नेपाली समाजमा परेको असरबारे कथावस्तु प्रस्तुत गरिएको छ ।

जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको यो चलचित्रको कथावस्तु, प्रस्तुति, पटकथा, हाास्य पाटोलाई सर्वाधिक रुचाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here