काठमाडौं/ नेपालमा तीन दिनसम्म चलेको ‘नेपाल अफ्रिका फिल्म महोत्सव–२०१६’ सम्पन्न भएको छ । नीर शाह निर्देशित चलचित्र ‘मसान’ स्क्रिनिङसागै ३ दिनसम्म चलेको महोत्सवको समापन गरिएको हो ।

महोत्सव समापन समारोहका प्रमुख अतिथि नायक राजेश हमालले अफ्रिकन चलचित्रले त्यहााको जनजीवन र विकासको विषयमा उजागर गरेको बताउादै उनीहरूबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए ।

फेस्टिवलमा सहभागी अधिकांश चलचित्रमा गृहयुद्धको चपेटामा परेको जनजीवन चित्रित थिए । हमालले भने, ‘चलचित्र समाजको दर्पण हो, जो कुरा आज अफ्रिकी चलचित्रहरूले दर्साएका छन् ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनले आयोजना सम्पन्न महोत्सवमा यसपटक नेपाल लगायत विभिन्न नौ अफ्रिकी मुलुकका चलचित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीकी प्रोफेसर क्रिस्टिना, युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राक मुटुङ्गी, तान्जिनियाका चलचित्र निर्देशक मार्टिन महान्दुलगायत एक दर्जनभन्दा बढी चलचित्रकर्मी काठमाडौं आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here