जन्मियो विश्वकै सबैभन्दा सानो जीवित बच्चा

215

विश्वकै सबैभन्दा सानो जीवित बच्चा जन्मिएको दाबी गरिएको छ । जर्मनीमा जन्मिएको एउटा बच्चाले जब यो दुनियाामा पदार्पण गरिन् तब उनले कीर्तिमान सागै लिएर आइन् । उक्त बच्चाले दुनियााकै सबैभन्दा हलुका तथा सबैभन्दा सानो जीवित जन्मिएको बच्चाको कीर्तिमान आफ्नो नाउामा पार्न सफल भएकी हुन् । जर्मनीको विटन सहरस्थित एक अस्पतालमा जन्मिएकी इमिलिया ग्राबार्कजिक जन्मिादा उनको शरीरको लम्बाइ ८ इन्च थियो भने तौल जम्मा २ सय २९ ग्राम । गर्भ रहेको २५ हप्तामै जन्मिएकी यी शिशुले जीव विज्ञान तथा चिकित्सा विज्ञानलाई नै माथ खुवाउादै मृत्युलाई पनि जितेकी छिन् ।

यसअघि विश्वको सबैभन्दा सानो जीवित जन्मिएको बच्चाको तौल ८ दशमलव ६ औाश थियो । अमेरिकाको सिकागोकी रुमैसा रहमान नामकी ती शिशु २६ हप्तामा जन्मिएकी थिइन् । जब कि इमिलियाको तौल जम्मा ८ औाश मात्र छ । जिउको लम्बाइ जम्मा ८.६ इन्च भएकी इमिलियाका खुट्टा जम्मा एक इन्च लामा थिए, औाला जत्तिकै मात्र । यस्तो अद्वितीय शिशु सामान्य रूपमा जन्मिनु र ज्यूादो रहनुलाई चिकित्सकहरूलाई चमत्कारकै रूपमा लिएका छन् । बच्चा जन्मिादा १४ औाश सम्मको तौललाई पनि निकै कम मानिन्छ र त्यस्तो बच्चालाई समेत बचाउन गाह्रो हुन्छ । त्यसैले इमिलियालाई डाक्टरहरूले ‘फुच्ची लडाकू’को संज्ञा दिएका छन् ।

कीर्तिमानी छोरी जन्माउन पाएको र बााच्ने आशा नै नगरेकी छोरी बााचेकोमा आमा स्याबिन ग्राबाक्जी र बाबु लुकास खुसी छन् । अहिले इमिलिया ९ महिनाकी भइसकेकी छिन् र उनको तौल १०६ औाश छ । उनी दिनानुदिन बलियो बन्दै छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here